एजेन्सी नयाँ दिल्ली, वैशाख ९ ।भारतमा लकडाउनले अलपत्र परेका नेपालीसहित छ पर्यटक गुफामा फेला परेका छन्।उत्तराखण्डको ऋषीकेश शहर नजिकैको गुफामा उनीहरू फेला परेका हुन्।चार पुरूष र दुई महिला होटलमा बसोबास गर्दै आएका थिए। उनीहरू पहिले होटलमा बसिरहेको र पछि पैसा सकिएपछि गुफामा बस्न पुगेको सिएनएनले जनाएको छ। उनीहरूलाई प्रहरीले आइतबार उद्दार गरी आश्रममा पठाएको छ।ती पर्यटक फ्रान्स, टर्की, यूक्रेन, अमेरिका र नेपालका हुन्।
‘उनीहरू गत मार्च २४ देखि गुफामा बस्दै आएका थिए। आइतबार फेला परेपछि ऋषीकेश नजिकैको आश्रममा पठाएका छौ, उत्तराखण्ड प्रहरी प्रवक्ता मुकेश चन्दले भने, दुई हप्तासम्म सेल्फ क्वारन्टाइनमा बस्न आग्रह गरेका छौं। उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य छ। उत्तराखण्ड प्रदेशमा मार्च २० देखि बाहिरी आप्रवासीहरूलाई प्रवेश निषेध गरिएको थियो।
यो विषयमा टिप्पणी गर्नुहोस् !