एजेन्सी जेनेभा, वैशाख ९ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोरोना भाइरससम्बन्धी कुनै पनि कुरा अमेरिकासँग नलुकाइएको बताएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठन कोरोनाका विषयमा चीनको पक्षपाती बनेको र संक्रमणको व्यवस्थापनमा आधारभूत कदमहरू चाल्न चुकेको आरोप लगाएका थिए। उनले आरोपसँगै डब्लुएचओलाई दिदैं आएको आर्थिक सहयोगसमेत रोकेका छन्।पत्रकार सम्मेलनमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुसले संगठनका कामहरूमा अमेरिकी प्राविधिक विशेषज्ञ महत्वपूर्ण रहँदै आएको बताउँदै कुनै सुचना नलुकाएको बताएका हुन्।
उनको यस प्रतिक्रियालाई अमेरिकी राष्ट्रपतिले कोरोना महामारी व्यवस्थापनलाई लिएर गरेको आलोचनाको जवाफका रुपमा हेरिएको छ।जनवरीबाट अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी) का १५ कर्मचारीहरू विश्व स्वास्थ्य संगठनमा काम गरिरहेका छन्। यसमा लामो समयका लागि जिम्मेवारी दिइएका दुई अमेरिकी सरकारी अधिकारीसमेत सामेल छन्।अमेरिकी सिडिसीका कर्मचारी हुनु भनेको पहिलो दिनबाट नै अमेरिकाबाट केही लुकाइएको छैन भन्ने होु, टेड्रोसले भने, सबै मुलुकले तुरुन्तै जानकारी प्राप्त गर्दछन्।टेड्रोसले मानिस र राजनीतिक पार्टीहरूबीचको फाटोले महामारीलाई बल पुर्याइरहेको बताए। तर उनी यसमा विशिष्टिकृतचाँहि भएनन्।
यो विषयमा टिप्पणी गर्नुहोस् !