एजेन्सी स्पेन, वैशाख ९ ।स्पेनमा कोरोना भाइरसबाट संक्रमित २ लाख नाघेको छ। यद्यपि अधिकारीहरुले संक्रमण फैलिने क्रम भने कम हुँदै गएको बताएका छन्।स्पेन संयुक्त राज्य अमेरिकामापछि कोरोनाको संक्रमण धेरै फैलिएको मुलुक हो।स्पेनमा हालसम्म २ लाख २१० जनामा संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा ३ सय ९९ जनाको ज्यान गएको छ। योसँगै स्पेनमा कोरोनाका कारण मारिने संख्या २० हजार ८५२ पुगेको छ।
स्वास्थ्य आपतकालिन प्रमुख फर्नाडो साइमनले पत्रकार सम्मेलनमा परीक्षणमा वृद्धि हुँदै जाँदा नयाँ संक्रमणदर घटेको बताएका छन्।उनले संक्रमण अपेक्षाभन्दा कम फैलिने अनुमान गरेका छन्।भाग्यवश हामीले सोचे भन्दा संक्रमणको केस निकै घटिरहेको छु, प्रमुख साइमनले भने।यसैगरी सोमबार त्यहाँको सर्वोच्च अदालतले सरकारी कर्मचारीहरुलाई पर्याप्त सुरक्षा उपकरणहरु दिन र उनीहरुको सुरक्षाको ग्यारेन्टी गर्न आदेश दिएको छ।चिकित्सा युनियनहरूको गुनासोको जवाफमा स्पेनको सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयलाई गुनासो सम्बोधन गर्न र स्वास्थ्यकर्मीहरूलाई पर्याप्त सुरक्षा उपकरणहरू दिन आदेश दिएको हो।उनीहरुले पर्याप्त मास्क, पन्जा र सर्जिकल स्क्रब जस्ता अत्यावश्यक आपूर्तिहरूक कमि भएको गुनासो गरेका थिए।
यो विषयमा टिप्पणी गर्नुहोस् !