द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख ८ । देश लकडाउन रहेको समय समेत लागुऔषधको तस्करी रुकेको छैन् । सिरहामा लागुऔषध सहित प्रहरीले भारतीय नम्बरको मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नंं. १५ का २८ वर्षीय वम शंकर कुमार यादव र वडा नं. १६ का १८ वर्षीय गोविन्द कुमार यादव रहेको सिरहाका प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।
दुवै जनालाई सोमवार विष्णुपुर गाउँपालिका वडा नं. १ भघोला बाबा चोकमा ईलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटेको गस्ती टोलीले भारतीय नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा डाइलेक्स डिसि १०० मिलि को ४५ बोतल सहित नियन्त्रणमा लिएको हो ।पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिएका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !