द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम,बैशाख ८ । राहत वितरणको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिकामा विवाद भएको छ । मिथिलाबिहारी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयमा राहत लिन पुगेका स्थानीयहरु वडाअध्यक्ष महादेव यादव निष्पक्ष रुपमा राहत वितरण नगरेको भन्दै हो-हल्ला गरेपछि विवाद श्रृजना भएको हो । राहत लिन वडा कार्यालय परिसरमा पुगेका स्थानीयले वडाध्यक्ष यादवले वास्तवमा विपन्न र खान नपाएका व्यक्तिहरुलाई उपेक्षा गरेर आफ्नो नजिकको व्यक्ति र नेता कार्यकर्तालाई मात्र राहत बाँडेको आरोप लगाउँदै हो हल्ला गरेका थिए ।
यता वडाध्यक्ष यादवले आफुले राहत वितरणमा कुनै किसिमको पक्षपात नगरेको दाबी गरेका छन् । उनले भने,‘मैले आफ्नो वडाका सबै गरिब र विपन्न परिवारका व्यक्तिहरुको नाम संकलन गरेको छु, कसैलाई छुटाएको छैन, तर एक–दुईजनाले ममाथि गलत आरोप लगाएका छन् ।’ मिथिलाबिहारी नगरपालिका वडा नम्बर ४ को १ हजार ७ सय जनसंख्यामध्ये २ सय १२ जनालाई राहत बाँडिएको उनले बताए । प्रति परिवार १५ किलो चामल,३ किलो दाल, नून, खानेतेल र ५ सय रुपैयाँ नगदका दरले वितरण गरिएको उनले जानकारी दिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !