द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख ८ । धनुषामा एक जना वडाध्यक्षमा कोरोना भाईरससम्बन्धी र्यापीड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ ।धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको उनको स्वाब लिई पिसिआर परीक्षणका लागि दिने तयारी गरिएको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जामुन सिंहले जानकारी दिए । उनले भने ‘उनको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ, हामीले उनको स्वाब लिई परीक्षणका लागि पठाउने तयारी गरेका छौँ । ’उनले अगाडी भने ‘ उनलाई मधुमयको बिरामी हुनुहुन्छ उनको पिसिआर टेष्टका लागि हामीले स्वाब लिईसकेपछि अस्पताल नजिकै रहेको क्वारेन्टाईनमा उनलाई पठाउँछौँ ।’
नेपालमा कोरोना भाईरसका कारण लकडाउन लागू भईसकेपछि उनी भारत बिहारको मधुवनीमा १ महिना बसी आफ्नो गाउँ फर्केका थिए ।भारतबाट फर्केको थाहा पाएपछि आफुहरुले उनलाई गत चैत २४ गते वडा नम्बर ४ स्थित विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए । उनले भने ‘ वडाध्यक्ष ज्यु भारतबाट आउनुभएको छ भन्ने जानकारी पाएपछि उनलाई क्वारेन्टाईनमा बस्न भन्यौँ सुरुमा त उनले मान्नु भएन तर जसरी पनि तपाईलाई बस्नै पर्छ भनेपछि उनले क्वारेन्टाईनमा बस्नुभयो उनको र्यापीड टेष्टको नतिजा समेत पोजेटिभ आयो, आज १६ दिन भएछ क्वारेन्टाईनमा बसेको अहिले पिसिआर टेष्टका लागि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याईएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !