द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख ८ ।पैसा फालेर भागेकी दुई जना महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आईतबार साँझ रिहा गरेको छ । शुक्रबार दिउसोतिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ महाबीर चोकको बीच सडकमा दुबै महिला १०-१० रुपैँयाको नोट रहस्यमयी तरिकाले फालेर भागेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उक्त नोटहरु उठाएर उक्त स्थानहरुलाई स्यानिटाईज गरेको थियो । रहस्यमयी तरिकाले पैसा फ्यालिएको पाईएपछि उक्त महिलाहरुको खोजी गरि शनिबार दिउसो उनीहरुलाई जानकी मन्दिर नजिक रहेको मस्जिद नजिकबाट उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई कोरोना संक्रमणसम्बन्धी र्यापीड टेष्ट गराईएको थियो ।
र्यापीड टेष्ट गर्दा दुई मध्ये एकजना महिलामा पोजेटिभ देखिएको थियो पछि पिसिआर रिपोर्ट निगेटिभ आएपछि उनीहरु दुबैलाई कुनै पनि हालतमा घरबाहिर ननिस्किने शर्तमा छोडिएको धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए । अनुसन्धानको क्रममा ती महिलाहरुले आफुहरुले पैसा फ्यालेको नभई गोजीबाट झरेको भन्ने बताएको ईन्सपेक्टर झाले सेतोपाटीलाई बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !