एजेन्सी नाइजेरिया, वैशाख ८ ।उत्तर-पश्चिमी नाइजेरियाको कात्सिना राज्यका सशस्त्र डाँकाहरूको आक्रमणबाट कम्तिमा ४७ जना मारिएका छन्।शनिबार बिहान १२:३० देखि ३:०० बीचमा विभिन्न स्थानमा डाँकाहरूले सशस्त्र आक्रमण गरेको कात्सिना प्रहरीले आइतबार जारी गरेको विज्ञप्तिमा बताइएको छ।पुलिस, नाइजेरियाली सेना, नाइजेरिया वायुसेना, सिभिल रक्षा र राज्य सेवा विभाग (डीएसएस) का सदस्यहरु उक्त क्षेत्रमा पठाइएका छन्, विज्ञप्तिमा भनिएको छ।
पुलिस प्रवक्ता गम्बो ईसाले मिडिया एजेन्सीलाई भने अनुसार ३ सय भन्दा बढी सशस्त्र डाँकाले सो आक्रमण गरेका थिए।हामी ती आक्रमणकारीहरुलाई पक्रन लागिपरेका छौ, ईसाले थपे।नाइजेरियाको स्थानीय च्यानलको टिभी रिपोर्ट अनुसार ती डाँकाहरूले स्थानीयहरूसँग कोरोना भाइरस लकडाउनमा सरकारले उनीहरूलाई उपलब्ध गराएको खाद्यान्न र अन्य राहत सामग्री मागेका थिए।सो माग पूरा नभएपछि उनीहरूले त्यहाँ आक्रमण गरेका हुन्।गत वर्ष पनि सयौं मानिसहरू उत्तर-पश्चिमी नाइजेरियामा डकैती र अपहरणकारी अपराधिक गिरोहद्वारा मारिएका छन्।
यो विषयमा टिप्पणी गर्नुहोस् !