द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, बैशाख ८ । धनुषामा बुवा र छोराबिच आपसी विवाद हुँदा चोराले बुवाको हत्या गरेको हो । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ मा आइतबार राती १० बजेको समयमा विवाद हुँदा फलामको रडले टाउकोमा हानी हत्या गरेको ईलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिएका छन् । करिब ५५ वर्ष उमेर रहेका सौखिया सादालाई उनका आफ्नै छोरा करिब २८ वर्षीय नथुनी सदाले रडले टाउकोमा प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए ।
घटना पश्चात् फरार रहेका छोरालाई रातीमै पक्राउ गरेको उनले बताए ।लकडाउन रहेको समय आफ्नो घरमा रहेको समय विवाद हुँदा यो घटना भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !