Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

लकडाउनको कारण बालबालिकामा नियमित खोप प्रभावित, बालमृत्यु दर बढने सम्भावना


लकडाउनको कारण बालबालिकामा नियमित खोप प्रभावित, बालमृत्यु दर बढने सम्भावना


द सौर्य मिथिला समाचारदाता


जनकपुरधाम, वैशाख ७ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछी लकडाउनसँगै नवजात शिशु तथा बालबालिकामा विभिन्न प्रकारको रोग फैलने सम्भावना बढेको छ । कोरोना भाइरसको कारण अस्पतालहरु कोरोनाको उपचारमा केन्द्रीत भएपछि कोरोना भाइरस बाहेक बालबालिकामा गम्भीर रोग सहितका जोखिम अवस्था श्रृजना हुने भएको छ ।जन्मदेखि १५ महिनासम्मका बालबालिकामा नियमित रुपमा लगाइने विभिन्न प्रकारको खोपहरु समयमै नलगाउंदा लाखौं बालबालिकामा विभिन्न प्रकारको रोग सहित मृत्यु समेत हुन सक्ने सम्भावना बढेको हो । कोरोनाको प्रभाव बढेपछि नेपाल सरकारद्वारा गरिएको लकडाउन कार्यान्वन्य गराउने उद्देश्यले बालबालिकामा लगाइदै आएको खोप कार्यक्रम स्वास्थ्य मन्त्रालयद्वारा तत्कालका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा बन्द गरियो । तर लकडाउनको २६ दिन बितिसक्दा अहिले सम्म नवजात शिशुहरुको खोप लगाउने व्यवस्थापन भएको छ ।


जन्मदेखि १५ महिनासम्म विभिन्न खासगरी क्षयरोग सहितका विभिन्न रोगबाट बचाउन जन्मना साथ ४५ दिनभित्र शिशुलाई लगाइने बीसीजी र ९ महिना तथा १५ महिने बालबालिकामा लगाइने दादुरा रुबेला खोप समेत बन्द गरिएपछि यस क्षेत्रका सयौं नवजात शिशुमा गम्भीर असर पर्ने अवस्था देखिन्छ ।विश्व अहिले कोरोना भाइरस संक्रमणको खोपका बालबालिकामा लगाइने बीसिजी र दादुरा रुबेला खोपमा अनुसन्धान गरिरहेको बेला सरकारले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने खोप बन्द गरेको कारण अन्य व्यक्तिभन्दा बालबालिका बढी जोखिम अवस्थामा रहेको छ । कोरोनामा देखिने लक्षण ज्वरो र श्वास प्रश्वास समस्याका लागि बीसीजी प्रभावकारी देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरमा मात्रै लकडाउन भएदेखि औसत १२ को दरले ३ सय हाराहारीमा बच्चाको जन्म भएको छ । तिनीहरुलाई समयमै क्षयरोग विरुद्धको बिसिजी खोप नलगाइए मुलुकलाई ठूलै मानवीय क्षति हुने सक्ने चिकित्सकहरुको भनाई छ । स्वास्थ्य निर्देशनालय प्रदेश २ का प्रशासकीय अधिकृत डा. विजय झाका अनुसार बालबालिकामा लगाइने नियमित सबै खोप जरुरी छ । तर त्यस मध्ये बीसीजी र दादुरा रुबेला खोप अविलम्ब लगाउनु पर्दछ । बीसीजी नलगाइए जन्मिने बच्चामा क्षयरोग लगायतक विभिन्न संक्रमणको सम्भावना हुन्छ भने दादुरा रुबेला खोप लगाइएन भने निमोनिया र डाइरिया लगायतका रोग लाग्ने सम्भावना बढी हुन्छ ।


यदि बच्चा निमोनिया, क्षयरोग लगायतका बिरामीको शिकार भए रोगप्रतिरोधात्मक क्षमता कम हुनेछ र तिनीहरुमा कोरोना भाइरसको संक्रमण फैल्न सक्ने सम्भावना बढी हुने प्रशासकीय अधिकृत झाले बताए । उनका अनुसार खोपहरु बच्चालाई समयमा नदिए कोरोनो भाइरससँगै अर्को महामारी उत्पन्न हुने सक्नेछ । नियमीत खोप बालबालिकामा नदिइए तिनीहरुमा इम्युनिटि पावर घटने जसको परिणाम स्वरुप बालबालिकाहरु विभिन्न रोगबाट ग्रसीत हुने र यसको कारण बालमृत्यु दर समेत बढने खतरा रहेको उनले बताए । संघ सरकारबाट निर्देशन आइसकेकोले चाँडै नियमित खोप सुचारु हुने बताए । यसको लागि कोरोना विशेष अस्पताललाई छाडेर अन्य अस्पताल तथा स्वास्थ्य चौकीमा सामाजिक दुरी कायम गरी खोप दिने तयारी रहेको बताए । यता प्रादेशिक अस्पताल जनकपुरका निमित मेसु एवं राष्ट्रिय खोप समितिका सदस्य समेत रहेका डा. जामुन सिंहका अनुसार जन्मिने बच्चामा बिसिजी खोप लगाउनुपर्ने अत्यन्त जरुरी रहेको छ । यदि बच्चालाई समयमा खोप लगाइएन भने यसको कारण जनकपुरधाम मात्र नभई पुरा देशनै गम्भीर समस्यामा पुग्ने बताए । उनका अनुसार तीन दिनअघि खोप विभागले प्रत्येक बालबालिकामा खोप लगाउने निर्णय गरिसकेकोले कसरी लगाउने भन्ने मापदण्ड तयार भइरहेको र चाँडै खोप कार्यक्रम शुरु हुनेछ ।


यस्ता छन बालबालिकामा लगाइने नियमति खोप


१. वि.सि.जी – यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ । क्षयरोगका साथै भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धी संक्रमण र शरीरको प्रतिरोधी क्षमतालाई मजबूत बनाउंछ ।
२. डि.पि.टी-हेपाटाइटिस बि.हिब – यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।
३. पि.सी.भी. – यो खोप जन्मीएको ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । यो खोप तीन पटक दिइन्छ । यसले निमोनियाबाट बचाउँछ ।
४. पोलियो – पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियो माईलाइटिसबाट जोगाउँछ ।
५. दादुरा रुबेला – यो खोप जन्मीएको ९ महिना देखि एक वर्ष भित्रको उम्मेरमा दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।
६. टीडी-टीटी – यो खोप गर्भवती महिलाहरुलाई दिइने गरिन्छ । यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ ।
७. जे.ई – यो खोप १२ महिना देखि २३ महिना सम्मका बालबालिकालाई दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।

Tags: खोप प्रभावित

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

11 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.