द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख ७ । कोरोना भाइयरसको संक्रमण विश्वभरी फैली सकेको छ । यो भाइरसलाई नियन्त्रण गर्नका लागि अहिलेससम्म कुनै प्रकारको औषधी वैेज्ञानिकहरु पत्ता लगाउन सकेका छैनन् । त्यसैले अहिलेकोे वर्तमान समयमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सबैभन्दा उत्तम उपाय सामाजिक दुरी वा लकडाउउन नै रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । यो विकल्पलाई विश्वको अधिकांश मुलुक पालन गरिरहेको छ । यद्यपि प्रदेश दुईमा लकडाउनको पूर्ण रुपमा पालन भएको पाइइदैन ग्रामीण भेग झनै अस्तव्यस्त देखिएको छ । सरकारको निर्देशन अनुसार लकडाउन पालन गराउन खटेका सुरक्षाकर्मीहरुलाई कतिपय स्थानमा चुनौतीको सामना गर्नु परिरहेको छ । केही दिन अगाडी लकडाउन उल्लंघन गरी सडकमा घुमी रहेका युवाहरुलाई सम्झाइ बुझाइ गर्ने एक प्रहरी हवल्दारमाथि जनकपुरधाममा आक्रमण भयो । दईजना युवकले ढुंगाले प्रहार गरेपछि प्रहरी हवल्दारको टाउकोमा ६ वटा टाँका लगाउनु पर्यो ।
लकडाउन पालन गराउन सिरहामा प्रहरीलाई २३ राउण्ड हवाइ फायर नै गर्नु परेको छ । सिरहा नगरपालिकाको पटेर्वामा भीडभाड गरेर बसेका स्थानीयहरुलाई घरभित्र बस्न भनेपछि प्रहरीमाथि आक्रमण भयो र स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाइ फायर गर्नु परेको थियो । घटनामा संलग्न रहेका १३ जनालाई प्रहरीले पक्राउ समेत गरेको थियो । अन्य फरार छन् भने गाउँ सुनसान छ । हुनत कतिपय स्थानीय लकडाउनको नाममा सुरक्षाकर्मीले ज्यादती गरेकोे आरोपप समेत लगाई रहेका छन् । कतिपय स्थानमा स्थानीयहरुले स्वयं गाउँ प्रवेश गर्ने नाकामा बार लगाएर अपरिचित व्यक्तिहरुको आवतजावत बन्द गरेका छन् । तर, अधिकांश स्थानमा लकडाउनको पूर्ण पालन हुनसकेको छैन् । जनप्रतिनिधिहरुले समेत लकडाउनको महत्व र आवश्यक्ताबारे जनतालाई बुझाउन नसक्दा यस्तो अवस्था आएको हो ।
कतिपय स्थानमा जनप्रतिनिधिहरु स्वयं लकडाउन उल्लंघन गरी सामाजिक दूरी कायम गरेका छैनन् । कोरोनाका शंकास्पदहरुलाई राख्न स्थापना गरिएको क्वारेन्टाइन जनप्रतिनिधिहरुले तामझामका साथ उद्घाटन गरेका तस्बिरहरु पनि सार्वजनिक भएका छन् ।प्रदेश दुईको प्रदेशसभा सदस्य रानीशर्मा तिवारीले केही दिन अगाडी आफ्नो निर्वाचन क्षेत्र महोत्तरीको एकडारा गाउँपालिकामा कोरोना शंकास्पदहरुलाई राख्न स्थापना गरिएको क्वारेन्टाइनको रिबन काटेर उद्घाटन गरिन् । क्वारेन्टाइन उद्घाटन गर्दा सामाजिक दूरीको कुनै ख्याल गरिएको थिएन् । सहभागी अधिकांशले मास्कसमेत प्रयोग गरेका थिएनन् ।आफ्नो चाहना नभएपनि गाउँपालिका अध्यक्षको दबाबमा क्वारेन्टाइनको उद्घाटन गर्नुपरेको तिवारी बताउँछिन् । अहिलेको संवेदनशील समयमा ‘लकडाउन’ को पालना र सामाजिक दूरी कायम गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
लकडाउन पालन गराउन सुरक्षाकर्मी प्रतिबद्ध
पूरै देश लकडाउनमा रहेको समयमा यसलाई पालन गराउन सुरक्षाकर्मीहरु दिनरात खटि रहेका छन् । प्रदेशभरी लकडाउन पालन गराउन सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए । लकडाउन पालन गराउन प्रत्येक चोकमा ३ जना सुरक्षाकर्मीको समूह बनाएर परिचालन गरिएको उनले बताए । यसका अतिरिक्त पेट्रोलिंगका प्रदेशभरी ८ हजारभन्दा बढी सुृरक्षाकर्मीहरु परिचालन गरिएको सापकोटाले जानकारी दिए । उनका अनुसार प्रहरी प्र्शासन लकडाउन पालन गराउन गम्भिर रहेपनि स्थानीयहरु बिभिन्न बहाना बनाएर लकडाउन तोड्ने गरेको आरोप लगाए । जनकपुरधाममै स्वास्थ्यकर्मीको पास देखाएर २ सयभन्दा बढी व्यक्ति ओहोर दोहोर गर्ने गर्छन् तर अस्पताल तथा क्लिनिकहरुमा चिकित्सकहरु नै नदेख्दा आश्चर्य लाग्छ । सर्वसाधारण नै सामाजिक दुरी तथा लकडाउउनकोे महत्वव बुुझ्न नसक्दा समस्या श्रृजना भएको प्रवक्ता सापकोटाले बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !