द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख ७ । कोरोना महामारीको त्रास रहेको समयमा लुकीछिपी जथाभावी पैसा फाल्ने दुई जना महिलाको आरडिटी परिक्षण गर्दा एकजनामा पोजिटिभ परिणाम देखिए लगत्तै जनकपुरधाम स्थित जानकीनगर टोललाई सेनिटाइज गरिएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ति दुई जना महिलाको घर वरिपरिको क्षेत्रलाई सेनिटाइज गरिएको हो ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले यहाँ बसोबास गर्दै आएकी महिलाहरुमा कोरोना संक्रमणको लक्षण देखिएकाले यस वडालाई सेनिटाइज गरिएको बताए । उनले यदी ति महिलाको स्वाब परिक्षणको परिणाम पनि पोजेटिभ देखिएमा यस वडालाई नै शिलबन्दी गरेर सबैको आरटीडी परिक्षण गरी क्वारेन्टाइन क्षेत्र घोषणा गर्ने जानकारी समेत दिए ।
उनले भने- दुई जना महिलामा कोरोना संक्रमणको आरटिडी परिक्षण पोजिटिभ आएको कुरा जानकारी भए लगत्तै यस वडाका वासीहरु घरबाट कोहि पनि बाहिर निस्केका छैनन् । उनले अगाडी भने ‘सबै सचेत छन् र संवेदनशील समेत हामीलाई बनाएको छ ।’जानकीनगर टोलको प्रत्येक घर, गल्ली र बाटो घाटोलाई समेत सेनिटाइज गरिएको छ ।जनकपुरधाम वडा नम्बर ७ मा २ हजार २ सय घरधुरी छ भने जानकीनगर टोलमा करिब ८ सय घरधुरी रहेको छ ।यता आज विहान जनकपुरधामको कदम चोक, जचुकाली क्षेत्रमा पनि जताततै १० रुपैयाँ दरको नोट छरिएको अवस्थामा फेला परेपछि अहिले सो क्षेत्रमा प्रहरीले अनुसन्धान थालेको छ । पैसा कसले र किन फालेको जानकारीमा आउन सकेको छैन ।
यो विषयमा टिप्पणी गर्नुहोस् !