एजेन्सी, बैशाख ७ । एयर इन्डिया शनिबार मे ४ देखि आन्तरिक र जून १ बाट अन्तराष्ट्रिय बुकिङ् खोल्ने घोषणा गरेको छ।कोरोना भाइरसका कारण लकडाउन घोषणा भएपछि भारतको आन्तरिक तथा बाह्य दुवै हवाइसेवा बन्द रहेको छ।पछिल्लो पटक कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतले वैशाख २१ गतेसम्म लकडाउन बढाएको छ।
सरकारको लकडाउन गर्ने निर्णयपछि एयर इन्डियाले अप्रिल ३ सम्मका लागि आफ्ना सबै आन्तरिक र अन्तर्राष्ट्रिय दुबै बुकिङ्हरु महिनाको अन्त्यसम्मका लागि स्थगित भएको घोषणा गरेको थियो।
यो विषयमा टिप्पणी गर्नुहोस् !