पर्सा, बैशाख ७ । प्रदेश नं. २ मा सबैभन्दा बढी पर्सा जिल्लामा कोरोना भाइरसको ¥यापिड डायगोनेष्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ ।प्रदेशमा शनिबारसम्म एक हजार ८३६ को परीक्षण गरिएकामा सबैभन्दा बढी पर्साका ९२३ कोे परीक्षण गरिएको हो । अन्य जिल्लातर्फ सप्तरमा २८७, सिरहामा ११०, धनुषामा ५४ र महोत्तरीमा ५४ जनाको आरडिटी परीक्षण गरिएको प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा।रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
यस्तै, सर्लाहीमा ६८, बारामा ६२ र रौतहटमा २६८ जनाको आरडिटी परीक्षण गरिएको छ । सर्लाहीको धनकौंल-५स्थित जनता माविको क्वारेन्टाइनमा बसेको १४ वर्षीय एक किशोरको आरडिटी रिपोर्ट पोजिटिभ भएको र उनको स्वाब परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको सचिव डा।घिमिरेले जानकारी दिए । प्रदेशअन्तर्गत आठवटै जिल्लामा हालसम्म एक हजार २६५ जना क्वारेन्टाइनमा, एक हजार ६७७ जना होम क्वारेन्टाइन र १४ जना आइसोलेशनमा रहेका छन् ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !