द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख ६ । जनकपुरधाममा १०-१० को नोट फालेर भागेकी दुई जना महिलामध्ये एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा आज पक्राउ गरिएका दुबै महिलाको प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना भाईरसको संक्रमण रहेको वा नरहेको भन्ने बारे चेकजाँच गर्दा उनीहरुमध्ये एकजनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको अस्पतालका एक जना चिकित्सकले जानकारी दिए । उनले भने ‘ अस्पतालमा भर्ना भएकाहरु मध्ये ३ जनामा आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ त्यसमध्ये पैसा फाल्ने दुई जना महिलामध्ये एकजनामा समेत पोजेटिभ देखिएको छ ।’
यता धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले समेत पैसा फ्क्याएकी दुई मध्ये एकजना महिलामा आरडीटी रिपोर्ट पोजेटिभ भेटिएको भन्ने जानकारी आफुले पाएको जानकारी दिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !