द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख ६ । कोरोना भाइरस (कोभिड–१९) को जाचँको लागि आवश्यक पीपीई र आरडीटी किट प्रदेश २ सरकारले जिल्लाको विभिन्न अस्पताल तथा प्रयोगशालामा उपलब्ध गराएको हो । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल र नारायणी अस्पताल विरगंजमा क्रमश १६० र १ हजार थान ¥यापीड डाइगनोष्टीक टेस्ट कीट उपलब्ध गराएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. २ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन् । त्यस्तै पर्सा जिल्ला स्वास्थ्य कार्यालयमा ३ सय थान, रौतहट जिल्ला स्वास्थ्य कार्यालयमा ५०० थान, महोत्तरी जिल्ला स्वास्थ्य कार्यालयमा५०० थान, धनुषा जिल्ला स्वास्थ्य कार्यालयमा ३००, सिरहा जिल्ला स्वास्थ्य कार्यालयमा६००, सप्तरी जिल्ला स्वास्थ्य कार्यालयमा ५०० थान, प्रादेशिक प्रयोगशालामा २० थान आरडीटी किट वितरण गरिएको छ । त्यस्तै विभिन्न जिल्लामा सञ्चालनमा रहेको अस्पतालहरुमा आरडीटी किट उपलब्ध गराइएको सचिव घिमिरेले जानकारी दिए ।
प्रदेश सरकारले गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा २५ थान, प्रादेशिक जनकपुर अस्पतालमा २५ थान, प्रादेशिक प्रयोगशालामा २५, रौतहट अस्पतालमा १०, नारायणी अस्पतालमा १७ थान, पोखरीया अस्पताल, सर्लाही अस्पतालमा समेत पीपीई उपलब्ध गराइएको हो । अहिले विरगंज स्थित नारायणी अस्पतालमा १ हजार थान आरडीटी किट, १ सय ५० फुल सेट पीपीई र २ सय अन्य पीपीई गरी कुल ३५० थान पीपीई रहेको छ । त्यस्तै सप्तरी स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा १२० थान आरडीटी किट, डिस्पोजेवल गाउन ९९ र पुनःप्रयोग गर्न मिल्ने गाउन ५४ थान रहेको सचिव डा। घिमिरेले जानकारी दिए । प्रदेश २ मा कुल १ हजार ८ सय १९ को आरडीटी टेस्टप्रदेश २ मा हालसम्म एक हजार आठ सय १९ जनाको आरडीटी टेस्ट भएको हो । जसमा तीन जनाको पोजेटीभ र बाँकीको नेगेटिभ रिजल्ट आएको हो । सप्तरी जिल्लामा कुल २ सय ८७ जनाको आरडीटी टेस्टमा २ जनाको पोजेटिभ र २८५ जनाको नेगेटिभ रिजल्ट आएको हो । त्यस्तै सिरहामा १ सय १० जनाको आरडीटी टेस्ट गरिएकोमा सबैको नेगेटिभ आएको हो । धनुषामा ५४ जना, महोत्तरीमा ५४ जना, सर्लाहीमा ५४ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ, रौतहटमा २७८ जना, बारामा ६२ जना र पर्सामा ९२३ जनाको रिपोर्ट नेगेटिभ आएको सचिव घिमिरेले जानकारी दिए । त्यस्तै जम्मा ५ सय ५१ जनाको स्वाब क्लेक्शन भएकोमा चार जनाको पोजेटिभ ५१२ जनाको नेगेटिभ र ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !