Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

कोरोनाले बनायो मिठाई व्यवसायीबाट तरकारी व्यपारी


कोरोनाले बनायो मिठाई व्यवसायीबाट तरकारी व्यपारी


द सौर्य मिथिला समाचारदाता


जनकपुरधाम, वैशाख ६ । कोरोना भाइरसको संक्रमण विश्वभरी फैलिरहेको अवस्थामा त्यसको प्रत्यक्ष असर चौतर्फी रुपमा परेको छ । कोरोनाकै मारका कारण एकजनालाई आफ्नो पुरानो पेशा परिवर्तन गर्नु परेको छ ।
लकडाउन लाग्नु अगाडीसम्म वैद्यनाथ साह मिठाई पसल चलाउँदै आई रहेका थिए । जानकी मन्दिरको उत्तरतर्फ वैद्यनाथ मिठाइ बेचेर परिवारको गुजारा चलाइरहेका थिए । मिठाइ पसल चलाउन पनि उनीसँग ठूलो पूँजी थिएन । थोरै पैसा लगानी गरेर सानोतिनो मिठाइ पसल चलाएर बसेका थिए उनी ।मिठाइ पसलबाट धेरै पैसा कमाउन नसके पनि परिवारको घरपरिवार चलाउन आम्दानी वैद्यनाथको भइरहेको थियो । उनलाई घर खर्चलाई चाहिने पैसाबाहेक धेरथोर पैसा बचत पनि भइरहेको थियो । तर देशमा नै लकडाउन लागेपछि उनी बेरोजगार जस्तै भए ।


जनकपुरधाम वडा नम्बर ३ बस्ने २८ वर्षीय वैद्यनाथको श्रीमती तथा एक छोरा र छोरी गरी चारजनाको परिवार छ । बाबुको मृत्यु भएको केही दिन नबित्दै आमा पनि संसार छोडर गइसकेकी छिन् । बाबु छँदा घरपरिवार चलाउने चिन्ताबाट मुक्त वैद्यनाथमाथि अहिले ठूलो जिम्मेवारी आएको छ । भाडामा बस्दा घरबेटीले वैद्यनाथलाई मिठाइ तयार पार्न कचकच गरेपछि ऋण लिएर आफ्नै घर बनाए । कोरोना संक्रमणका कारण लकडाउन भएपछि अहिले जानकी मन्दिर बन्द छ । पूजाअर्चना गर्न कोही जाने गरेको छैन । जानकी मन्दिर बन्द भएसँगै वैद्यनाथको मिठाइ व्यवसाय पनि बन्द भइसकेको छ । मन्दिरमा पूजाअर्चना गर्न आउनेहरु नै वैद्यनाथका ग्राहक हुन्थे । तर, लकडाउन का कारण सम्पूर्ण गतिविधि नै ठप्प भइसकेपछि वैद्यनाथको आयआर्जन गर्ने बाटो बन्द भए ।लकडाउन लागू भएको झण्डै १५ दिनसम्म केही कामै नगरी वैद्यनाथले बिताए । मिठाइ तयार पार्ने एकमात्र सीप जानेका वैद्यनाथ लकडाउन पछि पूर्ण रुपले बेरोजगार भए ।त्यतिकै बसेर घरपरिवार चलाउन कठिनाइ भएपछि अहिलेको संंकटको घडीमा गर्न सकिने व्यवसायबारे वैद्यनाथले आफन्तहरुसँग सरसल्लाह गरे । आफन्तहरुको सल्लाहपछि मिठाइको व्यवसाय गर्दै आइरहेका वैद्यनाथ अहिले तरकारी व्यवसायी बनेका छन् ।


लकडाउन भएपनि तरकारी व्यवसाय गर्न रोक नरहेको वडाध्यक्ष दीपेन्द्र साहले दिएको सल्लाहअनुसार उनी अहिले ठेलामा तरकारी बेचेर परिवारको गुजारा गरिरहेका छन् । तरकारी व्यवसाय सुरु गरेपनि लकडाउनमा तरकारी खरिद गरेर ल्याउन समस्या भइरहेको उनको भनाई छ । बाहिर निस्कँदा प्रहरीले बाटोमा हिँडडुल रोक लगाएपछि तरकारी खरिद गर्न कठिनाइ थियो । तर, वडाध्यक्ष साहले वडा कार्यालयबाट सिफारिस गरेर पत्र दिएपछि तरकारी खरिद गरेर ल्याउन अब प्रहरीले उनलाई अवरोध गरेको छैन । साइकल डोर्याउँदै गाउँसम्म पुगेर उनी तरकारी ल्याएर जनकपुरधाममा तरकारी बेच्दै आई रहेका छन् । तरकारी व्यवसाय सञ्चालन गर्न वडाध्यक्ष साहले आर्थिक सहयोग समेत गरेको वैद्यनाथले बताए । मिठाइ व्यवसायजस्तो आम्दानी नरहे पनि परिवारलाई दुई छाकको जोहो गर्ने समस्या तत्काल टरेको उनको भनाइ छ । ‘मिठाइ व्यवसाय जस्तो आम्दानी तरकारी व्यवसायमा छैन, पैसा जोगाउन त सकेको छैन,’ उनले भने, ‘तर भोकै बस्ने समस्या अन्त्य भएको छ ।’ बिहान र बेलुका ठेला डोर्याएर वडा भित्र मात्र व्यवसाय गर्दै आइरहेको उनले सुनाए ।मिठाइ व्यवसाय बन्द भएपछि समस्यामा परेको देखेर उनलाई आफूबाट हुनसक्ने सहयोग गरेको वडाध्यक्ष साह बताउँछन् । लकडाउन पछि बेरोजगार भएर घरमै बसेको देखेर वैद्यनाथलाई आफूले सहयोग गरेको उनको भनाइ छ ।

Tags: तरकारी व्यपारी

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.