द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख ६ । जनकपुरधाममा सडकमा पैसा फाल्दै भागेकी दुईजना महिलालाई घटनाको २४ घण्टा नवित्दै प्रहरीले पक्राउ गरेको छ । शुक्रबार जनकपुरधाम वडा नम्बर ४ महावीर चोकस्थित बिच बाटोमै पैसा फाल्दै भागेकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ को आमुना खातुन र अलिना खातुनलाई प्रहरीले जानकी मन्दिर पछाडी रहेको मस्जिद नजिकबाट पक्राउ गरिएको हो । उनीहरु दूबैजनालाई शनिबार दिउँसो साढे २ बजे पक्राउ गरिएको हो । उनी दुबैजना नन्द र भाउजु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको छ । सिसिटिभी फुटेजको आधारमा उनीहरु दुबैजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !