द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख ५ ।
उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ जना भारतीयमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । कोरोनाको शंकास्पद बिरामी १२ जना भारतीय र ४ जना नेपालीहरुलाई कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको थियो । उनीहरुमा कोरोनाको संक्रमण रहेको वा नरहेको भन्ने बारे थप यकिन गर्न स्वाब परीक्षणका लागि काठमाण्डौँ पठाईएको थियो । जस अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघि सूचना जारी गर्दै कोरोना भाईरसबाट संक्रमण पोजेटिभ देखिएका उदयपुरको १२ जना र चितवनका २ जना गरी १४ जनामा कोरोना भाईरसको संक्रमण रहेको पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ३० पुगेको छ ।
उदयपुरमा भेटिएका संक्रमित १२ जनै पुरुष रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी चितवनमा भेटिएका संक्रमित समेत पुरुष नै रहेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !