द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख ४ । प्रादेशिक अस्पताल जनकपुरधामलाई नेपाल ईन्जिनियर्स एसोसिएसनले कोरोनाभाइरसको शंकास्पद विरामीको स्वाब नमुना संकलनका स्वाब संकलन बुथ हस्तान्तरण गरेको छ ।नेपाल इन्जर्स एसोसिएसनले प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष संजय सिंहलाई स्वाब संकलन बुथ हस्तान्तरण गरेको हो । बुथ ग्रहण गर्दै अध्यक्ष सिंहले स्वाब संकलनमा अब सहजता हुने बताए ।अस्पतालको फिवर क्लिनिक नजिक राखिएको बुथबाट चिकित्सकले शंकास्पद विरामीको स्वाब संकलन गर्ने उनले बताए ।
नेपाल ईन्जिनियर्स एसोसिएसन प्रदेश दुईको प्राविधिक सहयोग एवं प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा सो स्वाब संकलन बुथ प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको हो ।पिपिआरको अभावका साथै ल्यावमा काम गर्ने चिकित्सकहरुलाई संक्रमणबाट जोगाउन बुथको विशेष भूमिका रहने विश्वास लिइएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !