द सौर्य मिथिला समाचारदाता
लहान, बैशाख ३ ।सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले कोभिड-१९ को सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले दुई महिनामा उपभोग गर्ने घर मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने निर्णय गरेको हो ।यस्तै बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नियमित रुपमा काम गर्नका लागि रु २० लाखको स्वास्थ्य बीमा गर्ने निर्णयसमेत गरेको नगरप्रमुख गङ्गा पासवानले जानकारी दिए ।
त्यस्तै नगरपालिकाले विभिन्न वडाका अति विपन्न, दलित दुई हजार परिवारलाई परिवार सङ्ख्याको अनुपातमा चार जनासम्मको परिवारलाई प्रतिपरिवार २० किलो चामल, तीन किलो आलु, दुई किलो दाल, एक लिटर तेल र आधा केजी स्वाबिन तथा चार जनाभन्दा बढी परिवार सङ्ख्या भएका परिवारलाई प्रतिपरिवार त्यसको दोब्बरका दर राहत बितरण गरिएको नगरप्रमुख पासवानले बताए ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !