द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, बैशाख २ । सरकारले वैशाख १५ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले थप १२ दिनसम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो। लकडाउन हुनुभन्दा अघि नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई जना थियो तीमध्ये पनि एक जना उपचार भएर घर फर्किसकेका थिए।अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ। लकडाउनलाई कडाई गर्ने निर्णय बैठकमा भएको जनाईएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !