Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
No Result
View All Result
No Result
View All Result

मिथिलामा लकडाउनमै जुडशीतल मनाइँदै


मिथिलामा लकडाउनमै जुडशीतल मनाइँदै

द सौर्य मिथिला समाचारदाता


महोत्तरी, बैशाख २ । परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशिर्वाद लिइँदै महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जुडशितल पर्व लकडाउनमै मनाइँदै छ । नयाँ वर्षको प्रारम्भसँगै दुई दिन मनाइने यो पर्वमा आज श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिएर मनाइँदै गरिएको हो ।नयाँ वर्षमा मनाइने ‘जुडशितल’ पर्वको पहिलो दिन हिजो ‘सतुवाइन’ सम्पन्न गरिएको थियो । पहिलो दिन अर्थात् ‘सतुवाइन’ मनाइँदा अत्यन्त गुणकारी मानिने जौँ र चनाको सातु तथा सर्वत खाने, ख्वाउने मैथिल परम्परा छ । यस दिन सातु र सर्वत दान गर्ने पनि मैथिल चलन छ ।

पर्वको दोस्रो दिन अर्थात् वैशाख २ गते वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने गरिन्छ । दोस्रो दिन घरपरिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिने गर्दछन् ।नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको भनाइ छ । वर्षभरि खेतीपाती राम्रो हुन सकोस् भन्ने कामनासाथ सन्तुलित वर्षा होस् र हिलोमा धसिएर मुख्य फसल धान रोपाइँ गर्न पाइयोस् भन्ने सन्देशकै लागि हिलो खेल्ने चलन बसेको जलेश्वर नगरपालिका-८ बजराहीका बासिन्दा मैथिल ब्राह्मण मनोहरनाथ पाठक बताए ।

गर्मी मौसमको यस पर्वमा चना (बदाम) को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा छ । यी सबै शाकाहारी र सुपाच्य भोजन मानिन्छन् । दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा बताए ।जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । जुडशितलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्न निस्कन्छन् । यसरी यस पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास रहेको छ ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको यस क्षेत्रका साहित्यकार महोत्तरीकै जलेश्वर–१४ बखरीका बासिन्दा नेपाल सरकारका अवकाशप्राप्त उपसचिव महेश्वर राय बताए ।यसपालि कोभिड-१९ को सन्त्रासले सबैतिर लकडाउन हुँदा जुडशितलमा हिलो छ्यापाछ्याप गर्न बाहिर निस्कने अवस्था छैन । पर्वका लागि आवश्यक परिकार व्यापारीले ठेलामा बस्ती/बस्ती पु¥याइरहेका छन् । यसपालिको ‘जुडशितल’ पर्व कोरोना रोकथामका लागि घरै बसेर मनाउन जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले जिल्लावासीसँग अपिल गर्नुभएको छ ।

रासस

Tags: जुडशीतल

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

No Result
View All Result

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.