द सौर्यमिथिला समाचारदाता

जनकपुरधाम, वैशाख १ । कोरोना संक्रमित फेला परेको विरगंजमा संक्रमित रहेको क्षेत्रका ९४ जनालाई क्वारेन्टाइनमा राखि स्वाब संकलन गरिएको हो । साथै उनिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी शुरु भएको हो । पर्सा जिल्लाको विरगंज महानगरपालिका ३ छपकैया स्थित मस्जिदमा कोरोना संक्रमित तीन जना भारतीय नागरिक फेला परेपछि त्यस क्षेत्रको आसपासमा रहेका ९४ जनालाई क्वारेन्टाईनमा राखेर स्वाब संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा। रामप्रसाद घिमिरेले जानकारी दिएका छन् । साथै क्वारेन्टाइनमा राखिएका ९४ जनाको सम्पर्कमा आएका व्यक्तिहरुको विस्तृत रुपमा पता लगाउने काम भइरहेको मिडिया ब्रिफिंग मार्फत सचिव डा। घिमिरेले सोमवार जानकारी दिएका छन् ।

विरगंजमै तीन जना कोरोना संक्रमित फेला परेकोले विरगंज स्थित रहेको नारायणी अस्पतालमा उच्च क्षमता भएको पिसिआर मसिन जडा गर्न लागेको उनले जानकारी दिए । त्यसको लागि सबै प्रकृया अगाडी बढिसकेको समेत जानकारी दिए । साथै नारायणी अस्पताललाई तत्कालको लागि कोरोना विशेष अस्पतालको रुपमा विकास गर्ने र यस अस्पतालले दिँदै आएको सेवा विरगंज स्थित रहेको नेशनल मेडिकल कलेजले नारायणीकै सेवा शुल्कमा गर्ने निर्णय नारायणी अस्पतालका मेसुको संयजोकत्वमा स्वास्थ्य जनसंख्या मन्त्रालयका उच्च पदाधिकारी, प्रदेश सरकार र स्थानिय सरकारका प्रतिनिधिहरुले गरेको सचिव डा.घिमिरेले जानकारी दिए ।

प्रदेश २ मा कोरोना संक्रमण रोक्थाम, नियन्त्रण तथा उपचारको लागि तिन समुहमा विभाजन गर्ने निर्णय गरिएको हो । जसमा बारा, पर्सा र रौतहटलाई एक समुहमा सर्लाही, धनुषा र महोत्तरीलाई दोस्रो समुहमा र सिरहा र सप्तरीलाई तेस्रो समुहमा राख्ने तय गरिएको हो । हरके समुहमा एक एक वडा क्लिनिकल टास्क फोर्स तयार गरेर कोरोना भाइरस रोक्थाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउने योजना सहितको सिफारीस गरीएको उनले बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !