द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, वैशाख १ । रौतहटमा एक जना कोरोना भाइरसबाट संक्रमित फेला परेसँगै नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १४ पुगेको छ । क्वारेन्टाइनमा बसेका १९ वर्षीय रौतहटका युवकलाई कोरोना भाइरसका संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
त्यस्तै कैलालीकी ६५ वर्षीया महिलालाई पनि कोभिड १९ देखिएको पुष्टि भएको मन्त्रालयले औपचारिक जानकारी दिएको छ।नेपालमा अहिले कोरोबाट संक्रमितको संख्या १४ रहेको छ । एक जना उपचार गराएर घर फर्केका छन् भने बाँकी १३ जना उपचारको क्रममा रहेका छन्
यो विषयमा टिप्पणी गर्नुहोस् !