द सौर्य मिथिला समाचारदाता
सप्तरी, बैशाख १ । सप्तरीको खड्ग नगरपालिकामा लकडाउनको समयमा समेत घरबाट बाहिर निस्केको भन्दै स्थानीयहरुमाथि लाठी चार्ज गर्दा भएको भागाभागको क्रममा एक जना महिलाको मृत्यु भएको छ । आज बिहान करिब ११ बजेतिर लकडाउनको समयमा समेत स्थानीयबासीहरु घरबाट बाहिर निस्कन थालेपछि प्रहरीले लकडाउन कार्यान्वयन गराउनका लागि लाठी चार्ज गर्न थालेपछि भागाभाग भएपछि सप्तरी वडा नम्बर बीरपुरकी जैनव कुजरनीको मृत्यु भएको खड्ग नगरपालिकाका नगरपालिकाका प्रमुख हिमायु हकले जानकारी दिए ।
लकडाउन उल्लघंन गरेको भन्दै प्रहरीले घर घरमा गई लाठी चार्ज गर्दा उक्त क्रममा मृतक जैनवलाई समेत प्रहरीले लाठी प्रहार गरेको भन्ने आफुलाई समेत जानकारी पाएको प्रमुख हकले बताए । प्रहरीको कुटाईबाट घाईते भएकी जैनवलाई सुरुमा सप्तरीको कल्याणपुरमा रहेको एडभान्स हस्पीटल लगिएको थियो त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पुर्याईएको थियो । उपचारको क्रममा जैनवको करिब पौने १२ बजेतिर मृत्यु भएको नगरप्रमुख हकले बताए ।सप्तरी प्रहरीले भने वृद्धा ब्लड प्रेसरका कारण ढलेको जनाएको छ।
यो विषयमा टिप्पणी गर्नुहोस् !