द सौर्य मिथिला समाचारदाता

भारत, बैशाख १ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या ३ सय नाघेको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण हुने कोभिड -१९ बाट तीन सय जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ९ हजार भन्द बढी रहेका छन् ।अहिलेसम्म ९ हजार एक सय बाउन जनामा यसको लक्षण देखा परेको छ । त्यसको ८५६ जनामा संक्रमण निको पनि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी संक्रमित महाराष्टृमा छन् । अहिलेसम्म महाराष्टृमा संक्रमितको संख्या १९ सय ८५ पुगेको छ । यस्तै महाराष्टृ ज्यान जानेको संख्या १४९ रहेको छ । यस्तै दिल्लीमा १९ सय ५४ , तमिलनाडुमा १ हजार ४३ र राजस्थानमा ८०४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यसैबीच मुम्बईमा धारावीको सुकम्बासी बस्तीमा संक्रमितको संख्या ४७ पुगेको छ । त्यहाँका एक व्यक्तिको कोभिड १९ संक्रमणका कारण ज्यान गएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !