द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, बैशाख १ । आज वैशाख एक गते अर्थात् नव वर्ष २०७७ मनाईदैँछ । नव वर्षको उपलक्ष्यमा आज एकआपसमा शुभकामना आदान प्रदान गरिन्छ । तर यसपाली विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारीका कारण घरमै बसेर नयाँ मनाईरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ की बिनिता यादवले बताईन् । उनले भनिन् ‘अन्य वर्ष साथी भाईहरुसँग रमाईलो गरि मनाईन्थ्यो तर यसपटक महामारीका कारण हामी सबै लकडाउनमा छौँ परिवारमै बसेर मनाईरहेका छौँ रमाईलो भने भई नै रहेको छ । ’
यसैगरी मिथिलाञ्चलमा भने नयाँ वर्षको अवसरमा सातु खाने चलन रहेको छ । नयाँ वर्षमा सातु खाए सत्रु नाश हुने विश्वास रहेकाले प्रत्येक वर्ष वैशाख १ गते नुहाई धुवाई गरी पूजा अर्चना गर्दै सातु खाने गरेको वडा नम्बर २३ कै रिना कुमारीले बताईन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !