जनकपुरधाम, बैशाख २४ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बिरुद्ध बोल्नेमाथी समेत कारबाही गर्ने चेतावनी दिएका छन् ।
गठबन्धनको बिरुद्धमा कांग्रेस भित्रै आवाज उठिरहेको समयमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले गठबन्धनको विरुद्धमा बोल्नेलाई समेत कारबाही गर्ने चेतावनी दिएका छन् । गठबन्धनको बिरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उम्मेदवारीहरुकालागि पार्टीमा कुनै स्थान छैन, देउवाले भने ‘लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धन बिरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उम्मेदवारी दिनु सह्य हुने छैन ।’
जनकपुरधाममा सत्तारुढ ५ दलिय गठबन्धनद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै पधानमन्त्री देउवाले देशभित्र रहेको नागरिकता समस्या समाधान गर्न गम्भिर रहेको र नागरिकताबाट कोही पनि बञ्चित नरह्ने बताए । देशभित्र रहेका नगारिकता लगायतका समस्या समाधान गर्न तथा संघियतालाई संस्थागत गर्नका लागि गठबन्धनको आवश्यक्ता रहेको उनले दावी गरे । उनले भने ‘प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश तथा तानाशाह प्रवृतिलाई अन्त्य गर्नका लागि गठबन्धनलाई विजयी बनाउनु आवश्यक छ ।’
यो विषयमा टिप्पणी गर्नुहोस् !