द सौर्यमिथिला समाचारदाता

जनकपुरधाम, चैत ३० । विरगंज महानगरपालिका वडा नं. ३ स्थित छपकैयामा तीन जना कोरोना संक्रमित व्यक्ति फेला परेपछि प्रदेश सरकारले त्यस क्षेत्रलाई पूर्ण रुपले शिल गर्ने निर्णय गरेको हो । शनिवार कोरोना शंक्रमित तीन जना भारतीय नागरिक फेला परेको आज घोषणा भएपछि प्रदेश २ सरकारले उक्त क्षेत्रलाई शिल गर्ने निर्णय गरेको हो ।
पर्सा जिल्लाको विरगंंज महानगरपालिका ३ छपकैया स्थित मस्जिद र उक्त आस पासको क्षेत्रलाई शिल गरी आवज जावत समेत बन्द गरी उक्त क्षेत्रका व्यक्तिहरुको कोरोना परिक्षण गर्ने कामलाई तिव्रता दिएको समाजिक विकास मन्त्रालय प्रदेश नं. २ का सचिव डा। रामप्रसाद घिमिरेले जनाएका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !