द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत ३० । लकडाउनको समयमा समेत धनुषामा बारुद लोड रहेको भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । आइतवार दुवै जनालाई गस्तीमा खटेको प्रहरीको टोलीले भरुवा बन्दुक सहित दुवै जनालाई मिथिला नगरपालिका वडा नं. ४ स्थित पुष्पलपुर खोलाबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।पक्राउ पर्नेमा वडा नं. ४ कै २६ वर्षीय सरोज कुमार महतो र ४४ वर्षीय राज कुमार लामा रहेको धनुषा प्रहरीले जनाएको हो ।
दुवै मोटरसाईकलमा चढेर आइरहेको समय चेक जाँच गर्दा बारुद लोड रहेको एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिई जिल्ला अदालत धनुषाबाट हातहतियार खरखजाना मुद्दामा म्याद लिई थप अनुसन्धान थालेको धनुषा प्रहरीले जनाएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !