जनकपुरधाम, साउन २५ । चलचित्र र टेलीविजन इंडस्ट्रीका प्रसिद्ध अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखी उनी किडनीका विरामी थिए । मुंबईको गोरेगांव स्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको थियो । मन की आवाज प्रतिज्ञा सीरियलमा ठाकुर सज्जन सिंहको भूमिका निर्वाह गरेर उनी घर–घरमा आफ्नो पहिचान बनाउन सफल भएका थिए ।
फिल्म निर्माता अशोक पंडितले सोशल मीडियामा उनको निधनको जानकारी दिएका हुन् ।
अनुपम श्यामले अधिकांश चलचित्रमा नाकारात्मक भूमिकामा देखिएका थिए । उनले हलिवुड फिल्ममा समेत काम गरेका थिए । उनले हलिवुडमा द लिटिल बुद्धा र आस्कर अवार्ड पाउने चलचित्र स्लमडग मिलेनियरमा समेत काम गरेका थिए ।
साथै उनले हिन्दी फिल्म शक्ति, हल्ला बोल र रक्तचरित, परजानिया, दास कैपिटल, पान सिंह तोमर, हजार चौरासी की मां, दुश्मन, सत्या, दिल से, जख्म, कच्चे धागे, तक्षक, बवंडर, नायक, कसूर, लगान र लज्जा जस्ता चर्चित फिल्ममा काम गरेका थिए । एजेन्सीको सहयोगमा
यो विषयमा टिप्पणी गर्नुहोस् !