द सौर्य मिथिला समाचारदाता
काठमाण्डौं, चैत २९ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारार्थ भर्ना हुनु भए । गएराति मुटुमा अचानक समस्या देखिएपछि उन्लाई आज सो अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार सल्लाहकार डा भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !