Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

रेल्वेको रद्द भएको विज्ञापनको दरखास्त रकम कहिले फिर्ता पाउँलान दरखास्तवाला ?

रेल्वेको रद्द भएको विज्ञापनको दरखास्त रकम कहिले फिर्ता पाउँलान दरखास्तवाला ?

जनकपुरधाम, साउन ४ । नेपालको बहुप्रतिक्षित जयनगर–जनकपुरधाम–कुर्था रेल सञ्चालनको लागि करारमा विभिन्न २९ पदको लागि विज्ञापन आह्वान गरिएको थियो । रेल्वेको करारको जागिरका लागि ३२ हजार भन्दा बढीले दर्खास्त भरेका थिए तर तिनीहरुले न त जागिर पाए न पैसा । नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा कर्मचारी भर्नाको लागि आह्वान गरेको विज्ञापन रद्द भएको कयौँ महिना बितिसक्दा पनि दर्खास्त भर्नेहरुले अहिले सम्म पैसा फिर्ता पाउन सकेका छैनन् ।
रेल्वे कम्पनीले गत भदौ २९ गते करारमा विभिन्न २९ पदको लागि १ सय २९ जना कर्मचारी माग्दा ३२ हजार ६ सय ८६ जनाले दरखास्त भरेका थिए । रेल्वे कम्पनीले अधिकृत स्तरको प्रत्येक विज्ञापनको लागि १ हजार, सहायक स्तरको लागि ४ सय र श्रेणीविहिन स्तरको विज्ञापनको लागि ३ सय रुपैया दस्तुर तय गरेको थियो तर विज्ञापन रद्द भएपनि तिनीहरुले पैसा फिर्ता पाउन सकेनन् ।
रेल्वे कम्पनीले आह्वान गरेको विज्ञापनमा अधिकृत स्तरको पदका लागि १ हजार २ सय २४ जना, सहायक पदको लागि २९ हजार ५ सय ५४ जना र श्रेणीविहिन पदका लागि १ हजार ८ सय ६८ जनाले दरखास्त दिएका थिए ।
अधिकृत स्तरको विज्ञापनबाट १२ लाख २४ हजार, सहायक स्तरको विज्ञापनबाट १ करोड १८ लाख २१ हजार ६ सय र श्रेणी विहिन स्तरको विज्ञापनबाट ५ लाख ६० हजार ४ सय गरी कुल १ करोड ३६ लाख ६ हजार रुपैया राजश्व संकलन गरिएको थियो ।
अधिकृत स्तर तर्फ स्टेशन मास्टरका लागि ९ सय ८ जना, शाखा अधिकृतका २ सय ५४ जना र कानून अधिकृतका लागि ६२ जना दरखास्त दिएका थिए ।
यता नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले मन्त्रीपरिषद्को निर्णय अनुसार नै करारमा कर्मचारी भर्नाको लागि विज्ञापन आह्वान गरेपनि लोकसेवा आयोगको हस्तक्षेपको कारण विज्ञापन रद्द गर्नु परेको भन्दै दरखास्त दिएकाहरुको रुपैया फिर्ता हुने बताए । उनले पैसा फिर्ता गर्नेमा कुनै शंकै नरहेको भन्दै भने, ‘हामीले कुन प्रकृयाबाट पैसा फिर्ता गर्ने त्यसमा छलफल भइरहेको छ । ३२ हजारलाई व्यक्तिगत रुपमा पैसा फिर्ता गर्नु सम्भव छैन, त्यसैले बैँक सँग छलफल चलिरहेको छ ।’
भट्टराईले दरखास्त भर्नेहरुमध्ये धेरैको बैँक खाता हुन नसक्ने भएकोले र सरकारी निकायले नगरमा पैसा फिर्ता गर्न नसक्ने भएकोले बैँकबाटै भुक्तानी गर्न छलफल चलिरहेको दावी गरे । उनले अगाडी भने, ‘बैँकसँग समन्वय गरेर दरखास्तको ओरिजिनल भौचर संकलन गरेर पैसा फिर्ता गर्नुपर्ने लिस्ट बनाएर पठाउँछौँ । पैसा फिर्ता हुन्छ नै ।’
भारतको सिमावर्ती क्षेत्र जयनगर देखि धनुषाको कुर्था सम्म चल्ने रेलका लागि भौतिक निर्माणको कार्य सम्पन्न भइसकेको छ भने दुई सेट रेल समेत खरिद गरिसकिएको हो । नेपाल सरकारले गत असोज २ गते नै दुई सेट रेल नेपाल ल्याइसकेको हो । हाल दुवै सेट रेल धनुषाको जनकनन्दिनी गाउँपालिका स्थित इनर्वा स्टेशनमा राखिएको छ भने आइतबार मात्र रेल्वे ट्रयाकको सफल परिक्षण गरिएको छ । यद्यपी रेल सञ्चालन भने अन्यौलमै रहेको हो ।

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

3 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

6 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy