द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २८ । एनएमबी बैंकको सहयोगमा धनुषा चैम्बर अफ कमर्सले जनकपुरधामको विभिन्न वडामा गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ । धनुषा चैम्बर अफ कमर्स जनकपुरधामको विभिन्न वडा गरी ९१ परिवारलाई राहत वितरण गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५मा १६ परिवार, वडा नम्बर २४को १६, वडा नम्बर १६को १५, वडा नम्बर १९को २०, वडा नम्बर २को ५ परिवार, वडा नम्बर ४मा एकल महिलाहरुलाई राहत वितरण गरिएको धनुषा चैमबर अफ कमर्सका उपाध्यक्ष सरोज मिश्रले जानकारी दिएका छन् ।

लकडाउनका कारण गरिव तथा विपन्न परिवार थप मारमा परेपछि त्यस्ता परिवारलाई राहत स्वरुप चामल, दाल, आलु, सोयाबडी, नुन लगायतको खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !