द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २८ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १मा सयौँ परिवार यस्ता छन् जो दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविका चलाउँदै आई रहेका थिए । कोरोना भाइरसको संक्रमण बढ्ने खतराका कारण सरकारले लकडाउन लगाएपछि त्यस्ता व्यक्तिहरुको घरमा चुल्होससम्म बल्न पाएको थिएन ।आफ्नो वडामा रहेका गरिब तथा विपन्न परिवारको पीडालाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १का वडाध्यक्ष शत्रुध्न साहले आफ्नै अगुवाई भोजनको व्यवस्था दैनिक रुपमा गर्दै आई रहेका छन् । वडाध्यक्ष साहको अगुवाई दैनिक रुपमा दुई समय विपन्न व्यक्तिहरुलाई भोजनको व्यवस्था गरिदै आएको छ । यसका लागि वडा नम्बर १ले विपन्न परिवारको संख्या तथा सो परिवारमा बसोवास गर्दै आईरहेका व्यक्तिहरुको सदस्य संख्याको लगत संकलन गरिएको छ ।
राहतको नाउँमा मात्रै चामल दाल दिनु भन्दा बिहान बेलुका भोजन उपलब्ध गराउनु उचित लागेर मैले शुरुमा व्यक्तिगत अगुवाईमा यस्तो कदम उठाएको वडाध्यक्ष साहले बताए । उनले भने ‘शुरुमा एक्लै यसका लागि पहल गरेँ, अहिले आएर विभिन्न दाताहरुले समेत मेरो यस कार्यमा सहयोग गरिरहेका छन् ।’ वडामै भोजनको व्यवस्था भएपछि दैनिक लगभग १ हजार व्यक्ति यहीँ बाट भोजन लिएर बिहान बेलुका खाने गरेका छन् । जनकनन्दनी गाउँपालिका बलहा गोठका मोहम्मद अब्बास जनकपुरधामस्थित कसिस टेलर्समा काम गर्दै आईरहेका थिए । लकडाउन भएपछि उनी जनकपुरधाममै फसे । अब्बास भन्छन् लकडाउन भएको केही दिनपछि भोकै बस्नु पर्ने बाध्यता आयो । तर वडाध्यक्ष ज्यूको यो कदमले गत सातादेखि यो बाध्यता रहेन ।
उपमहानगरबाट यसका लागि सहयोग पाउउनु भएको छ प्रश्नमा वडाध्यक्ष साहले भने ‘उपमहानगरपालिकाको नामै नलिनुस, यस्तो विषम परस्थितिमा पनि म जस्तै अन्य वडाध्यक्षहरुले समेत सहयोग पाएका छैनन् ।’ उनले अगाडी भने ‘नगर प्रमुखलाई पटक पटक वडामा रहेको बजेट यस विषम परस्थितिमा वडावासीलाई सहयोग गर्न विकासे बजेट प्रयोग गर्न चाहन्छु भन्दा नगर प्रमुखले मानेन् ।’
यो विषयमा टिप्पणी गर्नुहोस् !