द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, चैैत २८ । मेडिकल पढ्ने विद्यार्थीहरुले कोरोना भाइरसको संक्रमण बढ्ने खतरा तथा लकडाउनको विषम परस्थितिमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ । मेडिकल पढ्ने विद्यार्थीहरुको संगठन सोसाइटी अफ मेडिकल स्टुडेन्टले १ सय ३ गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको हो । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरालाई देखेर सरकारले लकडाउन गरेपछि त्यसको सबैभन्दा बढी असर दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा गरिबहरुलाई परेको छ । त्यसलाई मध्यनजर गर्दै ती विद्यार्थीहरुले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ स्थित मनहरपुरमा राहत वितरण गरेका हुन् ।
ती विद्यार्थीहरुले ५ क्विण्टल चामल, ५० केजी दाल , १ सय २५ केजी आलु, सोयाबडी, मास्क लगायतको सामाग्री वितरण गरेको थियो ।
राहत वितरणमा राजन झा, विवेक महासेठ, अञ्जली रौनियार लगायतका मेडिकल पढ्ने विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उनीहरुले त्यहाँ उपस्थित रहेका बालबालिकालाई साबुन पानीले हात धुने तरिका सिकाएका थिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !