द सौर्य मिथिला समाचारदाता
धनुषा, चैत २८ । लकडाउनको समयमा धनुषाको सवैला नगरपालिका-१ निवासी सत्यनारायण यादवको दुई बिघाको गहुँबाली अज्ञात समूहले आगजनी गरी नष्ट गराए । आगजनीबाट करिब रु एक लाख ५० हजार बराबरको गहुबाली पूर्णरूपमा जलेको वडाध्यक्ष कपिलदेव राउतले जानकारी दिए ।
सबै कोरोनाको महामारी नियन्त्रण तथा रोकथाममा लागेको बेला यादवको धनुषाधाम नगरपालिका-३ सोनापुरमा रहेको खेतमा काटेर जम्मा गरी राखिएको दुई बिघाको गहुबाली जलाएर नष्ट गरिदिएको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।
रासस्र
यो विषयमा टिप्पणी गर्नुहोस् !