द सौर्य मिथिला समाचारदाता

सर्लाही, चैत २८ । सर्लाही क्षेत्र नं २ का सङ्घीय सांसद चन्दा चौधरीले कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन जिल्ला अस्पताललाई सुरक्षा सामग्री उपलब्ध गराउनुभएको छ । सांसद चौधरीको उक्त सुरक्षा सामग्री जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीमार्फत जिल्ला अस्पताल मलङ्गवालाई हस्तान्तरण गर्नुभए । अस्पतालका मेडिकल अधिकृत डा अभिनाश सिंहका अनुसार सभापति चौधरीले पिपीइ सेट, स्यानिटाइजर र एन–९५ मास्क प्रदान गर्नुभए ।
विपन्नलाई राहत

ईश्वरपुर नगरपालिकामा जनप्रतिनिधिले अतिविपन्न तथा गरिब परिवारलाई राहत वितरण गरेका छन् । ईश्वरपुर नगरपालिका–१३ श्रीनगरमा ३१७ गरिब तथा विपन्न घरधुरीलाई जनप्रतिनिधिले राहतस्वरुप खाद्यान्न वितरण गरेका छन् । बिहीबार वडाभरिका विपन्न परिवारलाई चामल, दाल, नुन, खानेतेल र हात धुने साबुन वितरण गरिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले बताए ।कविलासी नगरपालिकामा पनि दलित तथा अतिविपन्न ११५ घरधुरीलाई राहत उपलब्ध भएको छ । नगरपालिको वडा नं ९ र १० का दलित तथा अतिविपन्न ११५ घरधुरीलाई राहत वितरण भएको छ । समाजवादी पार्टीका कविलासी नगरपालिका नगर कमिटी उपाअध्यक्ष सङ्गीतादेवी यादवले राहतस्वरुप चामल, दाल, आलु, नुनलगायतका खाद्यान्न सामग्री वितरण गर्नुभए । यसैबीच, लालबन्दी नगरपालिकास्थित परवानीपुरका स्थानीयवासीले कालिञ्जोर खोला हुँदै सिन्धुली छिर्ने बाटो बन्द गरे । सर्लाहीको उत्तरतर्फ पर्ने ग्रामीण क्षेत्र लालबन्दी नगरपालिका-१५ परवानीपुरचोकदेखि सिन्धुलीको सिमाना चुरेसम्मका स्थानीयवासीले बाटोमा रुख ढालेर अवरुद्ध गरेका हुन् ।
रासस्र
यो विषयमा टिप्पणी गर्नुहोस् !