Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

जानकी जन्म महोत्सव ः कोरोनाका कारण प्रभावित


जानकी नवमी नारी सम्मान दिवसक रुपमे मनाबी 

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, जेठ ६ । 

आज वैशाख शुक्लपक्षको नवमी तिथि अर्थात् जानकीको जन्म जयन्ती मनाईदैँ छ ।

अन्य वर्षहरुमा जानकी नवमीपर्व धुमधामका साथ मनाईएपनि यस वर्ष भने अन्य वर्षजस्तो जनकपुरधाममा रौनकता देखिएको छैन ।

पछिल्लो वर्र्ष समेत कोरोना भाइरसको संक्रमणकै कारण भव्यता पूर्वक मनाउन नसकिएको जानकी नवमी पर्व यस वर्ष पनि कोरोना भाइरसको संक्रमणकै कारण जानकी मन्दिर सुनसान देखिएको छ ।

जानकी जन्म महोत्सवको दिन समेत जानकीमन्दिरको मूलढोका बन्द रहेको छ ।

दैनिक हजारौँ श्रद्धालु आउने जानकी मन्दिरमा कोरोना संक्रमणको त्रासको प्रभावका कारण जानकी नवमीका दिन समेत सुनसान नै देखिएको छ ।

छिटफुट रुपमा मात्रै श्रद्धालु भक्तजन पूजा अराधना गर्न माता जानकीको मन्दिर पुगि रहेका छन् ।

जानकीमन्दिरमा अन्य वर्ष आजको दिन विशेष पूजा अर्चना तथा नाचगान गरेर जन्मको गीत ‘सोहर’ गाएर मनाइने गरिन्थ्यो ।

यस वर्ष भने खल्लो खल्लो अनुभूति भईरहेको जानकी मन्दिरमा पूजा गर्नका लागि पुगेकी श्रद्धालु रिना साहले बताइन् ।

आजको दिन समेत मन्दिर नआएर घरमै पूजा अराधना गर्नका लागि उत्तराधिकारी महन्थ रामरोशन दासले आग्रह गरेका छन् ।

मिथिला नरेश राजर्षि जनकको पुत्रीको रुपमा वैशाख शुक्ल नवमीकै दिन जानकीको जन्म भएको ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ ।

कोरोनाको संक्रमण न्युन गर्नका लागि लगाइएको लक डाउन, भौतिक दुरी पालन गर्नु पर्ने बध्यताका कारण हामी पनि मन्दिरमा यस वर्ष न आउन श्रद्धालुलाई आग्रह गरेका हौँ, महन्थदासले भने, ‘जानकी नवमीमा घरघरमा दियो बाली साँझ सात बजे आज आरतीका साथै दियो बालेर दिपावली मनाउन आग्रह गरेका छौँ ।’

यस वर्ष पनि जानकी नवमीको अवसरमा मन्दिरमा हुने सोभायात्रा, गीत संगीत, नाचगान सबै कार्यक्रम कोरोनाकै कारण बन्द गरिएको छ ।

आज साँझ जानकी मन्दिरमा मिथिलाको परम्परा अनुसार विधिपूर्वक जानकी जन्म महोत्सव तथा पूजा गरिनेछ ।

यसवर्ष जनकपुरधामको प्रसिद्ध धार्मिक स्थलहरु मध्ये एक रहेको बिहार कुण्ड समेत सुनसान नै देखिएको छ ।

बिहार कुण्ड माता जानकी बाल्य अवस्थामा आफ्नो साथी सँग खेल्ने स्थलको रुपमा रहेको धार्मिक मान्यता रहेको छ ।

विहार कुण्डमा अन्यवर्षहरुमा धुमधामका साथ जानकी नवमी पर्व मनाइने गरिन्थ्यो तर यस पटक कोरोनाका कारण निर्धारित कार्यक्रमहरु समेत रोक्नु परेको सिया रघुवर कुञ्जका महन्थ रामकिशोर दासले बताए ।

उनले भने ‘यस वर्ष माता जानकी जन्मको अवसरमा विशेष कार्यक्रमहरुको आयोजना गर्ने प्रबल ईच्छा थियो तर कोरोनाका कारण यस वर्ष पनि गर्न नपाउँदा मन खल्लो भएको छ ।’

विहार कुण्डमा जम्मा ११वटा मन्दिरहरु रहेका छन् ।

सबै मन्दिरहरुमा जानकी जन्मको अवसरमा विशेष कार्यक्रमहरु हुने गथ्र्यो । तर ती सबै मन्दिरहरु यस पटक बन्द रहेका छन् ।

जानकी जन्म कथा

माता सीता वैशाख महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन पृथ्वीकै गर्भबाट जानकी माता वा सीता माता अवतरित भएकी थिइन वाल्मिकी रामायणमा उल्लेख छ ।

शास्त्रहरुका अनुसार १२ बर्षसम्म मिथिला अनावृष्टिको चपेटमा परेको थियो ।

पृथ्वी पानीको एक थोपा सम्मका लागि चिच्याई रहेकी थिइन । जीवजन्तु, वृक्ष, मानव सबै पानी बिना मरनासन्न हुन लागेका थिए ।

यसै क्रममा मिथिलाका राजा शिरध्वज जनक जो आफै परम ज्ञानी थिए, ऋषिहरुको परामर्श लिएर हल चलाउने निर्णय गरे ।

उनले हलो चलाउँदै भारतको सीतामढीस्थित पुनौरा सम्म पुगी सकेका थिए ।

राज जनक हलो चलाउँदै पुनौरा सम्म जब पुगे हलो पृथ्वीमुनी एउटा घैटोले ठोकियो ।

पृथ्वी मुनी रहेको सो घैटो निकाल्ने वितिकै एउटा दिव्य कन्या देखा परिन ।

राजा जनक भूमिजालाई आफ्नो अंगालोमा राखे ।

हलोको सीतको सहारामा उत्पन्न भएकै कारण त्यो दिव्य कन्याको नाम राजा जनकले सीता नामाकरण गरे ।

राजा जनककी छोरी भएकै कारण उनलाई जनक नन्दनी, वैदेही, किशोरी, मैथिली, भूमिजा आदि नामले चिनिन थालियो ।

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

9 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

9 months ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

10 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

11 months ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

11 months ago
नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

11 months ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

11 months ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

11 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

3 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

4 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

5 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

5 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

5 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

5 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.