द सौर्य मिथिला समाचारदाता
सिन्धुली, चैत २७ । यहाँको कमलामाई नगरपालिकाले राहत प्याकेज वितरणका लागि मापदण्ड बनाए । बुधबार नगरप्रमुख खड्ग खत्रीको संयोजकत्वमा बसेको स्थानीय विपद् व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले मापदण्ड निर्माण गरे।
कोभिड-१९ को सङ्क्रमण हुन नदिन नेपाल सरकारले गरेको देश लकडाउनका कारण समस्यामा परेका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्न मापदण्ड बनाए । मापदण्डानुसार तलब पेन्सन प्राप्त नगर्ने घर परिवार, सामाजिक सुरक्षा प्राप्त नगर्ने घरपरिवार (दलित, बालबालिका बाहेक), खेतीयोग्य जमीन नभएका र नकमाएका घरपरिवार, वैदेशिक रोजगारीमा संलग्न नभएको घरपरिवारलाई राहत प्याकेज उपलब्ध गराए ।
कोभिड-१९ को सङ्क्रमणअन्तरगत स्थापित आइसोलेसन केन्द्रमा अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनस्वरूप रु तीन लाख उपलब्ध गराउने र उपलब्ध प्रोत्साहन रकमलाई अस्पताल प्रशासनको सिफारिस र अस्पताल व्यवस्थापन समितिको निर्णयको आधारमा सम्बन्धित चिकित्सक र स्वास्थ्यकर्मीको बैंक खातामा उपलब्ध गराउने निर्णयसमेत भएको उनले जानकारी दिए ।
हालसम्म नगरपालिकाले ६७ अति विपन्न परिवारलाई राहत उपलब्ध गराए । उनीहरुलाई २० केजी चामल, तीन केजी दाल, एक केजी चिनी, दुई केजी आलु, ५० ग्राम बेसार, एक लिटर तेल र एक केजी नुन उपलब्ध गराए ।
रासस
यो विषयमा टिप्पणी गर्नुहोस् !