Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

प्रकृति दोहनको असर : चैतमै सुके मुहान


प्रकृति दोहनको असर : चैतमै सुके मुहान


द सौर्य मिथिला समाचारदाता


महोत्तरी, चैत २७ । चैत महिनामै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । धमाधम पानीका मुहान सुक्न थालेपछि उत्तरी क्षेत्रका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो । नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि खानेपानीको सङ्कट बढेको यहाँका बासिन्दाले बताए ।

सामान्यतया अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या हुँदै आए पनि यसपालि भने मध्य चैतपछि नै पानीका मुहान सुक्दै गएका हुन् । अब असारमा राम्रो वर्षा नहुउञ्जेल खानेपानीको हाहाकार बढ्दै जाने यस भेगका बासिन्दा बताए । चुरे पहाडी शृङ्खलाका खोल्सीमा पानी सुक्दै गएपछि बर्दिवास वडा नं १, २, ३ , ४, ५, १०, ११ र १४ का बस्ती प्रत्यक्ष प्रभावित हुन्छन् । यी वडा बस्तीमा चुरेका दर्जनौँ खोल्सीको जरुवाबाट निस्केको पानी सङ्ग्रह गरेर वितरण गर्दै आएको छ । मुहान नै सुक्दै गएपछि पाइप ओछ्याइएर ल्याएको धाराबाट पानी झर्न छाडेपछि खानेपानीको सङ्कट बढेको हो ।

बर्दिवास वडा नं ६, ७, ८, ९, १२ र १३ मा खानेपानीको स्रोत बढीजसो इनार रहँदै आएका छन् । अहिले इनारमा पानी देखिन छाडेपछि वैशाख, जेठ कसरी कटाउने चिन्ता बढेको बर्दिवास–९ पशुपतिनगरकी गृहिणी शैलदेवी महतो बताए । “चैतमै इनारमा पानी देखिन छाड्यो” महतो भन्छन्, “राम्रो वर्षा हुन समय लागे आउने दिन के गर्ने होला ?” बर्दिवासमा असारदेखि माघसम्म खोल्सी र इनारमा प्रशस्त पानी भए पनि फागुनदेखि पानीको समस्या वर्षेनी हुँदै आएको छ । यसपालि भने लगातार हिउँदे वर्षा भएको हुँदा चैत सकिनैलाग्दा पानीको सङ्कट नपरेको पशुपतिनगरकै अर्की गृहिणी दिपीयादेवी महतो बताए ।

गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिया र रामनगर एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि चैतको अन्तिम साताभित्रै खानेपानीको सङ्कट बढेको हो । बर्दिवास-८ हाथीलेटको विजयबस्तीमा ५५ घरका बीच रहेको एउटा इनार सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् । “पहिले–पहिले पनि इनार त सुक्थे”, विजयबस्तीकी गृहिणी मनमायाले भन्छन्, “जेठसम्म पानी नपर्दा इनार सुक्ने त व्यहोरिएको थियो, पछिल्ला दुई-तीन वर्षदेखि त लाग्दो चैतमै इनार सुक्न थालेका छन् ।” बस्तीका ५५ घरका बासिन्दा पानी भर्न इनारमा पुग्दा इनारभित्र पानीका लागि झारिएका डोल (बाल्टिन) पानीमा डुब्न छाडेको सो बस्तीका गृहिणी बताए । “डोलभरि पानी आउँदैन, डोलमा तानिएको आधाउधी पानी पनि एकैपटक इनारभित्र झारिएका १५- १६ डोल ठोक्किँदा अलिकति पानी माथि आइपुग्छ”, बस्तीकै अर्की गृहिणी सुभग्यादेवीले भन्नुभयो, “चैतमै यो हालत छ, जेठसम्म के होला रु”

पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यी तीनवटै नगरपालिका (बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका) बस्तीका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा विसं २०५४ को जेठमा केही इनार सुकेका सम्झँदै भङ्गाहा-४ प्रेमनगरका सामाजिक कार्यकर्ता जवाहर महतोले पाँच वर्षयता भने इनार चैतमै सुक्न थालेका बताए । भङ्गाहा-४ कै रामनगर, पलार, टोकाटोल र बनरामा खानेपानीका लागि प्रयोग गरिने चापाकल धमाधम सुकेका छन् ।

बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभई न्वाइध्वाइसँगै वस्तुभाउलाई पानी ख्वाउनसमेत निक्कै सकस परेको भङ्गाहा-४ का बासिन्दाको गुनासो छ । भङ्गाहाको करिब ५०० घरधुरी बसोबासको रामनगर बस्तीका २५ प्रतिशतभन्दा बढी इनार र चापाकल सुकिसकेका सो बस्तीका रामईश्वर ठाकुरले बताए । इनारहरु धमाधम सुकेपछि सिँचाइको अर्को विकल्प नभएका आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगर बस्तीकै अर्का किसान नारायण दाहालको दुखेसो छ ।

चुरे पहाड शृङ्खलाबाट निस्कने नदी क्षेत्रमा बालुढुङ्गा उत्खनन गर्नेहरुले ठूल्ठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर चैतमै खानेपानीको हाहाकार मच्चिन लागेको जानकारहरु बताए । “हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापर्वाह भयौँ”, महोत्तरीमा वर्षौँदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिदै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादवले भन्छन्, “नदीहरुको अनियन्त्रित दोहन, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट बढ्दै जानेछ ।”

स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम गर्न थालेपछि खानेपानीका थुप्रै योजना बनेर धमाधम इनार खनिए पनि खानेपानीको समस्या भने झन्झन् बढ्दै गएको छ । इनार धमाधम खनिए पनि खानेपानीका स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार पनि चैतमै सुक्दै गए । चुरेक्षेत्रका खोल्साखोल्सी, वनक्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने भङ्गाहा-७ का बासिन्दा वन, वातावरण र चुरे मामिला विज्ञ डा विजयकुमार सिंह बताए । विगतमा राष्ट्रपति चुरे संरक्षण अभियानमा संलग्न डा सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल पनि गर्नुभए ।

पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पाहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्न थालेको विज्ञहरुले जनाएपनि स्थानीय तहले वास्ता नगरेको सर्वसाधारणको गुनासो छ । यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन लागिपरेको बताए ।

“हामी प्राकृतिक सम्पदाको संरक्षण र तिनको कसरी दीर्घकालीन उपयोेग गर्न सकिन्छ भन्ने कुरामा गम्भीर छौँ” भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले भन्छन्, “विकास निर्माणका योजना र पूर्वाधार विकासका योजना प्राकृतिक सम्पदाहरुको संरक्षणलाई प्राथमिकतामा राखेर बनाएको छ, तर यो कुरा एक ठाउँको प्रयत्नले मात्र भने हुन सक्दैन ।”

रासस

Tags: दोहनप्रकृति

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

11 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.