द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २६ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २का निलकमल ठाकुरको श्रीमतीलाई ज्वरो आएपछि उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगे । त्यहाँ उनको श्रीमतीको उपचार त भएन तर त्यहीँ ड्युटीमा रहेका एक प्रहरी जवानको दुव्र्यवहारको सामना गर्नु पर्यो । ठाकुर आफ्नो श्रीमतिलाई उपचारका लागि अस्पतालको इमरजेन्सी फाँटमा जानै लाग्दा गेटमै रहेक प्रहरी जवान आलोक कुमार सिंहले रोके । सिंहले भने ‘ ती प्हरी जवानले रोके मात्रै होेइनन बरु आफूमाथी हातपातसम्म गर्न जाइ लागे । ’ प्रहरी जवान सिंहले अभद्र बोलि व्यवहार देखाउँदै आफुलाई लात्तीले हानेर भगाएको ठाकुरको आरोप छ । आफ्नी श्रीमतिलाई ज्वरो लागेकोले उपचारका लागि अस्पतालमा बुझ्न जाँदा त्यहाँका कर्मचारीले कुनै वास्ता नगरेको कुरा प्रहरीलाई सुनाउन गएपछि उनले उल्टै आफुलाई लात्तीले हिर्काएको ठाकुरको गुनासो छ ।अस्पताल जस्तो संवेदनशील ठाउँमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने प्रहरीले उल्टै आफुमाथि अभद्र व्यवहार गरेको भन्दै उनीमाथि कारवाही अघि बढाउन पीडित ठाकुरले माग गरेका छन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ का निलकमल ठाकुरकी पत्नी लक्ष्मी ठाकुरलाई मंगलबार राती अचानक ज्वरो आएपछि बुधबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा चेकजाँचका लागि जाँदा अस्पताल प्रशासनले कुनै वास्ता नगरेको गुनासो गरे । उनले भने,‘ मंगलबार राती अचानक १ सय ३ डिग्री ज्वरो आएपछि मैले आफ्नी पत्नीलाई लिएर बुधबार बिहान अस्पतालको गेटमा मात्रै के पुगेको थिएँ,गेटबाटै एकजना कर्मचारीले यहाँबाट चुप लागेर जानुस् भन्दै हप्काए,’ ठाकुरले भने,‘त्यसपछि पत्नीलाई लिएर डाक्टर विजय कुमार सिंहको हस्पिटलमा गयौं तर त्यहाँ पनि उपचार हुन्न भनियो । उनले भने,‘हामी त्यहाँ गयौं तर चिकित्सकहरु हुनुहुन्न उपचार हुँदैन भन्दै त्यहाँबाट पनि हामीलाई फिर्ता पठाइयो ।’ डाक्टर विजय कुमार सिंह प्रदेश दुईमा कोरोनाको संक्रमण फैलिन नदिनका लागि प्रदेश सरकारले निति निर्माणका लागि गठन गरेको विज्ञ समूहका सदस्य समेत हुन् । पीडित ठाकुरले अन्त्यमा कुनै उपाय नलागेपछि अस्पताल नजिकै रहेको एकजना औषधि व्यवसायीसँग औषधि खरिद गरि अहिले आफ्नी बिरामी पत्नीलाई घरमै ल्याएर राखेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !