Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
No Result
View All Result
No Result
View All Result

एनएमबी बैंकद्वारा प्रदेश नं.२ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण


कोभिड  -१९  को जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह

द सौर्य मिथिला समाचारदाता

धनुषा, चैत २६ । प्रदेश नं. २ सरकारलाई एनएमबी बैंकले चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा समाग्री (पिपिई) सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड-१९) उपचारका लागि सहयोग पु¥याउने उद्देश्य एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झाले आज विहान एक सय थान पिपिई मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्नुभए । सो अवसरमा मुख्यमन्त्री राउतले कोरोना सङ्क्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिएको स्वास्थ्य सामग्री पिपिईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए ।कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवल किशोर साह, प्रदेशका मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साहको उपस्थिति थिए ।

राहत सामग्रीमा घोटाला गरेको आरोपमा एक पक्राउ
राहत सामग्रीको खरिदमा घोटाला गरेको आरोपमा धनुषामा एक व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार महेन्द्रनगरस्थित अमृता जेनरल सप्लायर्सका सञ्चालक वीरेन्द्र साह रहेको प्रहरीले जनाए । राहत सामग्रीको तौलमा घटाएर बिक्री गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकका अनुसार महेन्द्रनगरस्थित अमृता जेनरल सप्लायर्सले विभिन्न नगरपालिकाका लागि खाद्यान्न आपूर्ति गर्ने क्रममा तोकिएको तौलमा घटाएर सामान प्याकिङ गरी आपूर्ति गर्दै आएको थियो ।

विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीको प्रभावलाई नियन्त्रण गर्न सरकारले विगत दुई सातादेखि जारी राखेको लक डाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदूर, विपन्न, गरिब र दलित समुदायका लागि स्थानीय तहहरुले राहत स्वरुप उपलब्ध गराउने खाद्यान्न आपूर्तिको जिम्मेवारी लिएका साहले कम तौलका सामान दिएको उजुरीका आधारमा प्रहरीले आज पसलमा छापा मारेर उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जानकारी दिए ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका लागि १ हजार ५ सय पोका राहत प्याकिङ गर्ने जिम्मा पाएका अमृता सप्लयार्सका सञ्चालक साहले कम तौलका खाद्यान्न बिक्री गरेर कालोबजारी गरेको भन्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उनलाई पक्राउ गरेको हो । राहतमा नगरपालिकाले १० किलो चामल, दुई किलो आलु, एक किलो नुन, एक किलो दाल, आधा किलो तेलको राहत प्याकेजको अर्डर पाएको अमृता सप्लायर्सले सबैमा सामानमा तौल कम गरेको थियो । नगरपालिकाका प्रमुख रामबाबु यादवले चैत २५ गते नै फोन गरी सञ्चालक साहलाई राहत सामग्रीमा कम तौल भएको जानकारी गराए ।

त्यसपछि पुनः गरिएको प्याकिङ्मा समेत राहत सामग्रीकोे तौल कम पाएपछि प्रहरीले सञ्चालक साहलाई गिरफ्तार गरेको हो । नगरपालिकाले एक हजार ५ सय पोका अर्डर दिएकोमा नौ सय पोका वितरण गरिसकेको छ । प्रहरी निरीक्षक नायकका अनुसार प्याकिङ गरिएको सबै पोकामा ३ सयदेखि ४ सय ग्राम कम चामल पाएको थिए । पक्राउ परेका साह क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष समेत हुनुहुन्छ । साहमाथि नेपाल गुणस्तर तथा नापतौल विभागसँग समन्वय गरेर मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक नायकले बताए ।

रासस

Tags: पिपिई हस्तान्तरण

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

No Result
View All Result

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.