द सौर्यमिथिला समाचारदाता

जनकपुरधाम, चैत २५ । स्वास्थ्यको परवाह नगरी सरसफाईमा खटेकी महिलाहरुलाई पत्रकार महासंघले मास्क वितरण गरेको हो । मंगलवार विहान विना मास्क सरसफाईमा खटेकी महिलाहरुको आग्रहपछि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै तिनीहरुलाई मास्क दिएका छन् । कोरोना भाइरस संक्रमण त्रासको परिस्थितिमा चिकित्सक, प्रहरी, पत्रकार झै कुचिकारले पनि आफ्नो दैनिकी कार्य गर्नलाइ जोखिम मोल्नै पर्ने बाध्यता छ । स्थानीय तहको मातहतमा रहि ज्यालादारी गर्ने कुचिकारहरु बिहानीको समयमा सरसफाइका लागि झाडु लगाउन आउनै पर्ने भएकोले तिनीहरुलाई मास्क दिएको हो । स्थानिय तहसङ्ग बजेट र अर्थको अभाव नरहेपनि जनप्रतिनिधि आफ्नै कर्मचारीसङ्ग सेल्फी खिचाएर राख्ने कामहरुमा व्यवस्त रहेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमण रोक्न नेपाल सरकारले चैत ११ गते देखि निरन्तर लकडाउन गरेको हो भने अहिले सम्म नेपालमा ९ जना कोरोना संक्रमित व्यक्ति फेला परेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !