द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, फागुन २२ ।
सर्लाहीमा अंशवन्डाको विवादमा श्रीमानलाई कुट्ने श्रीमती पक्राउ परेका छन् ।
जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५ मुस्लिम टोलमा अंशवन्डाको विवादमा वृद्ध श्रीमानलाई कुटी घाइते बनाएको आरोपमा श्रीमतीलाई पक्राउ गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् ।
शनिवार दिउँसो अंशवन्डाको विवादमा अन्दाजी ६० वर्षीय जोगी साहलाई उनको कान्छि श्रीमती अन्दाजी ४५ वर्षीया निमकलि देवी साहले कुटपिट गर्दा श्रीमानको अण्डकोष फुटेको प्रहरीले जनाएको छ ।
जोगीको उपचार अहिले जनकपुरधाममा भईरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटना पछि प्रहरीले श्रीमतीलाई नियन्त्रणमा राखेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिएका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !