द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, फागुन २१ ।
साहित्य महोत्सवको तेस्रो दिनको पहिलो शेसनमा मैथिली मिठासमाथि छलफल गरिएको छ ।
उक्त शेसनमा वक्ताहरुले मैथिली भाषामाथि चर्चा परिचर्चा गरेका छन् ।
सुमधुर भाषाको रुपमा रहेको मैथिली भाषालाई पछिल्लो समय खण्ड खण्डमा विभाजन गरीएकोमा तिनीहरुले दुखः समेत व्यक्त गरे ।
प्रा. डा. कुलप्रसाद कोइरालाले सबै भाषा सामान हुने गरेको बताए ।
उनले कुनै भाषा मिठो अथवा तितो नहुने गरेको भन्दै भने ‘सबैलाई आफ्नो मातृभाषासँग प्रेम हुन्छ ।
प्रेम भएपछि तितो कुरा पनि मिठो लाग्छ । तर ध्वनि विज्ञानको दृष्टिले मैथिली भाषा सबैभन्दा उद्यारतानबाला भाषा हो ।’
मैथिली भाषामा जति महोहर गित र भजनमा हुन्छ त्यति दक्षिणपूर्वि एसियाको कुनै भाषामा नरहेको उनले दावी समेत गरे ।
मैथिली भाषा बोल्नमा पनि सुमधुर रहेको र यसको मुख्य कारण बलाघात र नादसौन्दर्य रहको उनले भने ।
उनले भने, ‘संसारमा बोलिने सबैभाषा सामान हो, कुनै ठुलो वा सानो होइन् ।
मिठासको कुरा छ भने दक्षिण पूर्वि एसियामा अहिले २ सय ९० भाषा बोलिन्छ, त्यसहरु मध्ये सबैभन्दा सुमधुर भाषा संस्कृतलाई मानिएको छ र त्यसकै हाराहारीमा दोस्रोमा मैथिली हो ।’
कोइरालाले मैथिली भाषा भारतको विहारको केहि निश्चित क्षेत्र र नेपालको नारायणीपूर्व कोशी पश्चिम, राजमार्गभन्दा दक्षिणको क्षेत्रलाई मात्र मिथिलाको भूभागको रुपमा चिनेको भन्दै उनले प्राचिन समयमा हिमाल देखि गंगासम्म मिथिला रहेको बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेको डा। कोइरालाले ‘हमर मैथिली कियाक मिठ’को तर्क दिए ।
उनले ध्वनी विज्ञानमा जुन भाषामा धेरै लय तान्न सकिन्छ, सुर र लयको प्रधान्ता हुन्छ त्यसलाई सुमधुर भाषा मानिने गरेको बताए ।
‘मैथिली भाषा किन मधुर छ, यसको दुई तिन बुँदामा मसँग प्रमाण छ’, कोइरालाले भने, ‘पहिलो प्रमाण लय हो ।
सबैभन्दा बढी लय मैथिली भाषामा हो । यो लयात्मक भाषा हो । सामाजिक दृष्टिकोणमा सामाजमा जति विभेद भयो त्यो भाषा त्यति कठोर हुन्छ ।
नेपाली भाषाको नाम र सर्वनाम हेर्नुस, सर्वनाममा म–हामी, त–तिमी, त्यो, यो, उ ।
अंग्रेजीमा हेर्नुस ‘यु–यु’, ‘आइ–वि’, ‘हि,सि, इट, देम’ । मैथिलीमा हेर्नुस ‘हम–आँहा’ ।
सबैभन्दा कम विभेद भाषा मैथिली नै हो ।’ मैथिली भाषामा रिसाएर बोल्दा पनि भाषा सुमधुर नै हुन्छ उनले भने ।
मैथिली भाषामा स्वर्णवर्ण कम रहेको र यसको ध्वनी लामो पनि रहेको तथा त्यसमा घुमावट पनि रहेकोले यो भाषा मिठो रहेको कोइरालाले बताए ।
मैथिलीको बोलिचाली पनि सुमधुर रहेको विभिन्न उदाहरण सहित उनले बताए ।
अधिकांश ठाउँमा ‘औ’कार र ‘उ’कार हुने ठाउँमा मैथिलीको वर्ण व्यवस्थामा ‘ओ’ आउने गरेको कोइरालाले बताए ।
मैथिली भाषा बोल्दा ध्वनी प्रवेश गरेको र मैथिलीको कारण चिन्हहरुपनि आफ्नै प्रकारको रहेकोले मैथिली सुमधुर, संगितात्मक बनेकोले यो सुमधुर भाषा बनेको र यस भाषा जस्तो अन्य कुनै भाषा नरहेको दावी समेत गरे । तर सुमधुर भाषा
त्यस्तै साहित्यकार करुणा झाले माता जानकीको अर्को नाम मैथिली रहेकोले महिलाको दृष्टिकोणले यो स्वतह मिठो रहेको बताए ।
उनले मैथिली भाषाको संरक्षणमा पनि अहिले महिलाकै महत्वपूर्ण योगदान रहेको दावी गरिन् ।
तर पछिल्लो समय उनले मैथिली भाषामा सहरको कारण पश्चिमि सभ्यताको नक्कलले भाषा पछाडी पडिरहेकोमा दुखः व्यक्त गरिन ।
उनले गाउँमा अहिले पनि मैथिली भाषाको बढी प्रयोग हुने गरेको र गाउँकै मानिस तथा महिलाले मैथिली भाषालाई जिवित राखेको बताइन् ।
साहित्यकार झाले नेपालको संविधानमा सबैमातृ भाषालाई राष्ट्रिय भाषा भनेर एउटा झुनझुना मात्र पक्राएको बताईन् ।
उनले यस भाषाको शैक्षिक संस्थाहरुमा लागु नगरेसम्म यसको संरक्षण हुन नसक्ने बताईन् ।
उनले मैथिली भाषा पछिल्लो समय खण्ड खण्डमा बाँडिएको बताइन् ।
ठाउँअनुसार भाषाको बोलावटमा केहि फरक भएपनि त्यसलाई मगही, बज्जिका लगायतका भाषा भन्ने गरेको आरोप लगाईन् ।
विद्यालयहरुमा पनि मैथिली बोल्द नदिएको उनले आरोप लगाईन् ।
त्यस्तै साहित्यकार परमेश्वर कापडीले मैथिली भाषा, कला, संस्कृति लोक भाषा, कला, संस्कृति सबै जानकी मय रहेकोले यसमा मिठास रहेको बताए ।
उनले भने, ‘मैथिली यसको लागि मिठो छैन कि त्यो बोलचालको मात्र भाषा हो, यो झिझियाको गितको भाषा हो, यो लोकगाथाको भाषा हो, सामाचकेवाको भाषा हो, त्यसैले यसको मिठासको पहुँच अनुमप हो ।’
यो विषयमा टिप्पणी गर्नुहोस् !