द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, चैत २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ तारिख अर्थात आइतबार राति ९ बजे ९ मिनेटका लागि मैनवत्ती वा टर्च बाल्नका लागि सम्पूर्ण देशवाससीलाई अपिल गरेका थिए ।
भारतीय प्रम मोदीको अपिलसंगै दुई नेपाली गायकको जोडी चम्कियो । एक बििलउडका स्थापित गायक अर्का बलिउडमा स्थापित हुन खोजिरहेका संगितकार एवं गायक छन् । यी दुईजना नेपाली कलाकारको गीत संगीत भारतको अधिकांश स्थानमा मोदीको अपिल संंगै गुञ्जियो । सप्तरी जिल्लाका गायक उदित नारायण झाको स्वर र धनुषा जिल्लास्थित जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने प्रवेश मल्लिकको संगीत भारतमा बेला गुञ्जायमान भएको थियो ।
भारतीय प्रधामन्त्री नरेन्द्र मोदिले आइतवार राती ९ बजे आ–आफनो घरमा दीप,टर्च,मैनवत्ती वा मोबाइलको फलास लाइट जनचेतनाको लागी बाल्न आग्रह गरेका थिए । भारतीय प्रम मोदिको सो कुरालाई गायक उदित नागरायण र संगीतकार प्रवेश मल्लिकले मुम्बई स्थित एक स्टुडियोमा भिडियो तयार पारे । समाजिक संजालमामा राख्ने वितिकै उक्त भिडियो धेरै नै भाइरल भइरहेको छ । आओ फिर से दिया जलाओ। भन्ने गीतको भिडियो अहिले भारत, नेपाल लगायत अन्य देशहरु र समाजिक सञ्चालहरुमा समेत सर्वाधिक चर्चाको विषय बनेको हो । उक्त भिडियोमा स्वर उदित नारायणको रहेको छ भने संगीत प्रवेश मल्लिकको छ । यसअघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले कोरोना भाइरस रोकथाम र चिकित्सकहरुलाई स्वागत गर्न थाली बजाउन, ताली,घंटी लगायतका बजाउन आग्रह गरेका थिए ।
उक्त भिडियोमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, पुर्व गृहमन्त्री राजनाथ सिंह, वर्तमान गृहमन्त्री अमित साह, प्रकाश जावेदकर,भारतीय नायक अमिताभ बच्चन, सलमान खान लगायतका कलाकारहरु रहेका छन । सो भिडियो ४ मिनेट ४ सेकेण्डको रहेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !