द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम,चैत २४ । भारतबाट फर्केका एक वडाध्यक्षमाथि कोरोना संक्रमण भएको आशंकामा स्थानीयले क्वारेन्टाइनम भर्ना गराएका छन् । आइतबार भारत बिहारको मधुवनीवाट आएका जनकनन्दनी गाउँपालिका वडा नम्बर २का वडा अध्यक्ष भोगेन्द्र पाठकलाई कोरोना भाइरस संक्रमण रहेको आशंकामा स्थानीयको दवावमा क्वारेन्टाइनमा भर्ना गराएका हुन् ।उनीमधुवनीबाट फर्केर घर आएपछि त्रसित बनेका स्थानीयले इलाका प्रहरी कार्यालय खजुरीमा वडाध्यक्ष पाठकबारे जानकारी गराएर क्वारेन्टाइनमा राख्न प्रहरीलाई दवाव दिएका थिए ।
स्थानीयको दवाबपछि प्रहरी निरीक्षक देवेन्द्र रोकायाले उनलाई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गाउँपालिकाका जनप्रतिनिधिसंग छलफल गरेर क्वारेन्टाइनमा पठाइएको थियो ।
उनलाई जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरीमा रहेको विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना हुनु परेको छ । वडाध्यक्षसंँगै सो क्वारेन्टाइनमा ९ जना छन् । क्वारेन्टाइनमा वडाध्यक्ष सहित विदेशबाट आएका ८ जना अन्य समेत भर्ना छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !