द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २४ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कारोना रोगको परिक्षण तथा उपचारको लागि वीरगंजमा उपचार केन्द्र स्थापनाकालागि एक टोलीले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई ध्यानाकर्षण गराएको छ । वीरगंज स्थित नारायणी अस्पतालमा कारोना रोगको परिक्षण पिसिआर ल्याब, स्थास्थ्यकर्मीहरुको सुरक्षाका लागी पिपिई लगायतका सामग्री तथा छुट्टै कोभिड अस्पताल संचालन गर्नका लागि आइतबार मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएको हो ।
पर्सा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सदस्य प्रदिप यादव, वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्याय र आकस्मिक बिभाग प्रमुख तथा नेपाल चिकित्सक संघका नारायणी शाखाका महासचिव डा। उदय नारायण सिंह लगायतको टोलीले कारोना भाइरस रोगको संक्रमण नियन्त्रणका लागि वीरगंजमा चलिरहेको तैयारी र आवश्यकताको बारेमा मुख्यमन्त्री राउतलाई जानकारी गराउदँै ध्यानाकर्षण गराए ।सोही क्रममा मुख्यमन्त्री लालबाबु राउतले छिट्टै नै वीरगंजमा उपचार केन्द्रका लागि कार्यहरु अघि बढाउने बताए । उनले वीरगंज प्रति आफु संवेदनशील रहेको बताउदँै कोराना रोगको संक्रमण नियन्त्रणका लागि पिसिआर मेसिन सहितको परिक्षण ल्याब तथा रोगको उपचारका लागि जनकपुरधाम तथा वीरगंजमा गरी दुई ठाउमा संचालन गरिने व्यवस्था भईरहेको सो टोलीलाई जानकारी समेत गराए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !